२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविस्तारित सेवा सुरू नगरेका संघीय अस्पतालमा सेवा सुरू गर्न मन्त्रालयको निर्देशन

विस्तारित सेवा सुरू नगरेका संघीय अस्पतालमा सेवा सुरू गर्न मन्त्रालयको निर्देशन


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विस्तारित अस्पताल सेवा प्रदान नगरेका संघीय अस्पतालहरुलाई विस्तारित सेवा सुरु गर्न निर्देशन दिएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै यथाशीघ्र विस्तारित अस्पताल सेवा प्रदान गर्न निर्देशन दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जारी गरेको विज्ञप्तीमा विस्तारित सेवा सुरु गरेर मन्त्रालयलाई जानकारी दिन निर्देशन दिइएको छ । ‘विस्तारित अस्पताल सेवा प्रदान नगरेका संघीय अस्पतालहरुले विस्तारित अस्पताल सेवा कार्यक्रम सम्बन्धि कार्यविधि, २०७७ बमोजिम सेवा यथाशिघ्र सुरु गर्न गराउनुहुन र सो सेवा संचालन गरे पश्चात मन्त्रालयलाई जानकारी गराउन हुन अनुरोध छ,’ विज्ञप्तीमा छ ।

नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आफू नियुक्त भएलगतै एक महिनामा सरकारी अस्पतालमा लाइन लाग्नु नपर्ने व्यवस्था गर्ने बताएका छन् । अहिले सरकारी अस्पतालमा घण्टौ लाइनमा कुनुपर्ने अवस्था छ ।

पौडेलले महिना दिनभित्र लाइन लाग्नुपर्ने अवस्था अन्त्य गर्ने घोषणा गरेकै बेला विस्तारित अस्पताल सेवा कार्यक्रम लागु गर्नका लागि मन्त्रालयले निर्देशन जारी गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ