२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारटीकापुर अस्पतालमा हेमोडायलाइसीस सेवा सुरू

टीकापुर अस्पतालमा हेमोडायलाइसीस सेवा सुरू


टीकापुर—कैलालीको टीकापुरमा रहेको टीकापुर प्रादेशिक अस्पतालले होमोडायलाइसीस सेवा सुरु गरेको छ । मिर्गौला फेल भएका बिरामीका लागि सो सेवा सुरु भएको अस्पतालका मेसु डा. रेम कुमार राईले जानकारी दिए ।

अघिल्लो हप्ताबाट सुरु भएको डायलाइसिस सेवा संचालनका लागि छुट्टै कोठा तयार गरिएको छ । ५ वटा मेसिनबाट सुरु गरिएको सो सेवा लिनका लागि हालसम्म ३० जनाले नाम टिपाएको मेसु डा. राईले जानकारी दिए ।

अस्पतालका चिकित्सक डा. सन्देश पौडेल नेतृत्वको टिमले सो सेवा संचालनका लागि तालिम लिएर आएपछि अघिल्लो आइतबारबाट बिरामीलाई सेवा दिन थालिएको हो ।

हेमोडायलाइसिस सेवाका संचालनकाेलागि अस्पतालका नर्सिङ्ग ईन्चार्ज  रमिला विष्टकाे अगुवाईमा नर्सहरु जमुना चाैधरी, निलम चाैधरी,   अनिता तिरूआ, राेसनी चाैधरीले तालिम लिएर सेवा दिईरहेका छन्। महाकालि अस्पतालकी नर्स यसाेधा गिरीकाे प्रविधीक सहयाेत तथा  अस्पतालका सहयाेगी गणेश थापा र प्रकाश चाैधरीले साथ दिईरहेका छन् ।

मिर्गौला फेल भएर प्रत्यारोपण हुन नसकेका बिरामीहरुलाई हप्ताको दुई पटक हेमोडायलाइसिस गर्नुपर्ने हुन्छ । टीकापुरमा सो सेवा सुरु भएसँगै आसपासका क्षेत्रका जनताले हेमोडायलाइसिसका लागि टाढा धाउनुपर्ने बाध्यता अन्त्य भएको डा. राईको भनाइ छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ