२०८१ पुस २७, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारत्रिशुली दुर्घटनामा महाराजगन्ज नर्सिङ क्याम्पसबाट बीएस्सी गरेका २२ वर्षीय नर्स अरविन्द वेपत्ता

त्रिशुली दुर्घटनामा महाराजगन्ज नर्सिङ क्याम्पसबाट बीएस्सी गरेका २२ वर्षीय नर्स अरविन्द वेपत्ता


काठमाडौं—नारायणगढ—मुग्लिन सडकअन्तर्गत चितवनको सिमताल पहिरोमा परेर पुरिएको एक बसमा सवार नर्स पनि बेपत्ता रहेको पाइएको छ । शुक्रबार विहान सिमतालमा पहिरो खसेर वीरगन्जबाट काठमाडौं आउँदैं गरेको प्रदेश ०३००६ ख १५१६ नंं को एन्जल डिलक्स बस र काठमाडौंबाट जाँदै गरेको गणपति डिलक्सको बस त्रिशुलीमा खसेका थिए ।

वीरगन्जबाट काठमाडौं आउँदैं गरेको एन्जल टाभलको बसमा रहेका बाराको देवताल—३ कटहरियाका २२ वर्षीय नर्स अरविन्द पण्डित वेपत्ता रहेका छन् । ‘उहाँ मंगलबार मात्रै घर आउनुभएको थियो, बुधबार बस्नुभयो र बिहीबार साँझ वीरगन्जबाट काठमाडौंका लागि एन्जल ट्राभलको गाडीमा चढ्नुभएको हो,’ उनका भाइ अनिल पण्डितले हेल्थआवाजसँग भने, ‘बस दुर्घटनापछि अहिलेसम्म उहाँ वेपत्ता हुनुहुन्छ । उहाँको खोजविनका लागि आग्रह गर्दछु ।’

पण्डित परिवारको अस्थायी बसोबास भने वीरगन्ज महानगरपालिका—१६ फुलवारी टोलमा रहेको छ । वि.सं. २०५८ फागुनमा जन्मिएका अरविन्दले वीरगन्जको माइस्थान विद्यापीठबाट एलएलसी गरेका हुन् ।

पढाइमा अब्बल रहेका उनले त्यसपछि नेशनल इन्फोटेक कलेज वीरगन्जबाट विज्ञान संकायमा प्लस टु अध्ययन सके । प्लस टु पछि उनले छात्रवृत्तिमा बीएस्सी नर्सिङका लागि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)अन्तर्गतको महाराजगन्ज नर्सिङ क्याम्पसमा नाम निकाले ।

‘आईओएमबाट बीएस्सी अध्ययन सकेर उहाँ छात्रवृत्ति करार सेवाको तयारीमा हुनुहुन्थ्यो,’ अनिलले भने, ‘त्यही सिलसिलामा डकुमेन्ट बनाउनु छ भनेर काठमाडौं जानुभएको हो ।’ करिअर सुरु गर्न लागेको छोरा दुर्घटनामा परेर वेपत्ता भएपछि अहिले पण्डित परिवार चिन्तामा डुबेको छ ।

पहिरोमा परेका दुई बसमा ६५ जना यात्रु रहेको प्रहरी निष्कर्ष छ । जसमध्ये तीन जना पौडेर बाँच्न सफल भएका छन् भने अन्य चार जनाको शव भेटिएको छ ।तीन बितिसक्दासमेत बस र बाँकी यात्रुको खोजबिन जारी छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ