२०८१ पुस २७, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएक वर्षदेखि रोकिएको स्थानीय तहका स्वास्थ्यकर्मीको तलब भत्ता निकासा

एक वर्षदेखि रोकिएको स्थानीय तहका स्वास्थ्यकर्मीको तलब भत्ता निकासा

आगामी आर्थिक वर्षमा पनि नसल्टिने भयो स्वास्थ्यकर्मीको तलब भत्ताको समस्या


काठमाडौं—लामो समयदेखि तलब भत्ता नपाएका २ सय ३९ स्थानीय तहका स्वास्थ्यकर्मीको तलब भत्ता निकासा भएको छ । आइतबार संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ सय ३९ स्थानीय तहका स्वास्थ्यका कर्मचारीको रकम निकासा गरेको हो ।

१ अर्ब ५७ करोड ७७ लाख १९ हजार रुपैयाँ निकासा गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, १० वटा पालिकाको ४ करोड २८ लाख ९५ हजार रुपैयाँ भने स्वीकृत हुने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।

समायोजन तथा समायोजन मिलानमा परेका, दरबन्दीभन्दा बढी भएका कतिपय स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीले गत भदौदेखि तलब पाएका थिएनन् । विगतका आर्थिक वर्षको बजेटमा दरबन्दीभन्दा बढी रहेका स्वास्थ्यकर्मी र स्तरवृद्धि पछिको तलब भत्ता स्थानीय तहमा नगएका कारण समस्या हुँदै आएको छ ।

आगामी वर्षको बजेटका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहमा खटिएका सबै स्वास्थ्यकर्मीको तलब भत्ता र स्तरवृद्धिको रकम प्रस्ताव गरेतापनि अर्थ मन्त्रालयले काटेर पहिलेकै बजेट राखिदिएको छ ।

आगामी वर्ष पनि स्थानीय तहमा खटिएका स्वास्थ्यकर्मीहरुको तलब भत्तामा समस्या नसल्टिने भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ