२०८१ पुस २७, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकडा रोगका बिरामीलाई औषधी उपचारमा १ अर्ब ५६ करोड रुपैयाँ खर्च

कडा रोगका बिरामीलाई औषधी उपचारमा १ अर्ब ५६ करोड रुपैयाँ खर्च


काठमाडौं—सरकारले कडा रोग लागेर लामो समय औषधी खानुपर्ने बिरामीको औषधी खर्च बापत १ अर्ब ५६ करोड रुपैयाँ खर्च गरेको छ । कडा रोग लागेर नियमित औषधी सेवन गर्ने बिरामीलाई प्रत्येक महिना ५ हजार रुपैयाँका दरले सरकारले खर्च उपलब्ध गराउँदैं आएको छ ।

नेपाल सरकारले स्थानीय तहलाई सोधभर्नाको रुपमा सो रकम उपलब्ध गराउदैँ आएको छ । ८ प्रकारका कडा रोग लागेका बिरामीलाई उपचार वापत मिर्गौलाबाहेक १ लाख र मिर्गौला प्रत्यारोपणका लागि ५ लाख उपलब्ध गराउँदै आएको छ ।

ती रोगका बिरामीलाई दुई वर्षदेखि सरकारले मासिक थप ५ हजार रुपैयाँ औषधी सेवनका लागि पनि खर्च उपलब्ध गराउन थालेको हो ।

सरकारले कडा रोगका बिरामीको उपचारका लागि वर्षको ३ अर्ब भन्दा बढी खर्च गर्दै आएको छ । त्यसैगरी, आधारभूत अस्पतालमा निःशुल्क औषधी, स्वास्थ्य बीमा कार्यक्रमलगायतका कार्यक्रमबाट पनि औषधी दिदैं आएको छ ।

सरकारले क्यान्सर, मुटु, मिर्गौला, स्पाइनल इन्जुरी, सिकलसेललगायतका ८ बटा कडा रोगको उपचारका लागि अनुदान दिदैं आएको छ ।

स्वास्थ्य तथा जनसंख्या महाशाखाको नीति, योजना महाशाखाका अनुसार यसअघि १ अर्ब ५० करोड रुपैयाँ र भर्खरै ६ करोड रुपैयाँ गरी यस वर्ष १ अर्ब ५६ करोड रुपैयाँ ७ सय ५३ पालिकालाई सोधभर्ना बापत निकासा भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ