२०८१ असोज १९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविपी क्यान्सर अस्पतालका कर्मचारीको प्रमाणपत्र नक्कली भएको आरोपमा विशेष अदालतमा मुद्धा दायर

विपी क्यान्सर अस्पतालका कर्मचारीको प्रमाणपत्र नक्कली भएको आरोपमा विशेष अदालतमा मुद्धा दायर


काठमाडौं—भरतपुरस्थिती विपी कोइराला मेमोरियल क्यान्सर अस्पातलमा प्रसासनतर्फका एक जुनियर कर्मचारी विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको छ । आइतबार अख्तियारले बढुवाका लागि पेश गरेको कागजात नक्कली भएको आरोपमा अस्पतालको प्रशासनतर्फका जुनियर असिस्टेन्ट सुकबहादुर तामाङ विरुद्ध विशेषमा मुद्धा दायर गरेको हो ।

तामाङ्गले असिस्टेन्ट पदमा बढुवाको लागि पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अख्तियारको आरोप छ । उनले श्री पद्मोदय माध्यामिक बिद्यालय रामशाह पथ काठमाडौंबाट एसएलसी उत्तीर्ण गरेको भनी जुनियर असिस्टेन्ट पदबाट असिस्टेन्ट पदमा बढुवा प्रयोजनार्थ नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी बढुवा भएको अख्तियारले प्रेज्ञ विज्ञप्तीमा उल्लेख गरेको छ ।

‘नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी बढुवा भई ओहोदा, लाभ र सुविधा प्राप्त गरेकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निज शुक बहादुर तमाङ्ग भन्ने सुक बहादुर तामाङ्गलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ,’ अख्तियारले भनेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ