२०८१ पुस ६, शनिबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशप्रधानमन्त्रीद्वारा पुरानो मेडिकल कलेजको निरीक्षण

प्रधानमन्त्रीद्वारा पुरानो मेडिकल कलेजको निरीक्षण


भरतपुर- प्रधानमन्त्री पुष्पकमल दाहालले चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरबाट प्रवाह हुँदै आएको स्वास्थ्य सेवाबारे जानकारी लिएका छन् ।

शुक्रबार अस्पतालको निरिक्षणमा पुगेका प्रधानमन्त्रीले मेडिकल कलेजमा उपचाररत पूर्वमन्त्री घनश्याम दाहालसहितका बिरामीको स्वास्थ्य अवस्थाबारे बुझेका थिए ।

उनले अस्पतालमा कार्यरत स्वास्थकर्मीसँग अन्तरक्रिया गर्नुका साथै त्यहाँबाट प्रवाह हुँदै आएको सेवाबारे समेत जानकारी लिए ।

सामान्य र विशेषमा गरी यस अस्पतालबाट दैनिक एक हजारभन्दा बढी बिरामीले ओपिडी सेवा लिँदै आएको अस्पतालले जनाएको छ ।


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ