२०८१ असार २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकान्तिपुर डेन्टल कलेजमा न्यूरोमस्कुलर टेन्टिष्ट्री विभागको स्थापना

कान्तिपुर डेन्टल कलेजमा न्यूरोमस्कुलर टेन्टिष्ट्री विभागको स्थापना


काठमाडौं—कान्तिपुर डेन्टल कलेजले नेपालमै पहिलो पटक न्यूरोमस्कुलर डेन्टिष्ट्री विभागको स्थापना गरेको छ । बिहीबार बसुन्धरास्थित कलेजमा एक पत्रकार सम्मेलन गरेर कलेजले नेपालमै पहिलो पटक न्यूरोमस्कुलर डेन्टिष्ट्री विभाग स्थापना गरेको जानकारी गराएको हो ।

यो विभागअन्तर्गत अनुहारको हाडजोर्नीको समस्या, मोटोपना वा अन्य कारणले घुर्ने समस्या, दाँत एवं अनुहारको आकृति नमिलेको समस्या, खेलकूद सम्बन्धि दन्त चिकित्साजस्ता समस्याको बिना शल्यक्रिया वा शल्यक्रिया गरेर उपचार गर्ने लक्ष्य राखिएको छ ।

विभागमा डा. अंकित शाह, डा. प्रतीक्षा श्रेष्ठ र वरिष्ठ क्रोनोफेसियल सर्जन डा. सुमित सिंह, डा. राजेश रविन्दनाथम, डा. गिरिष पिवी, डा. अभिमन्यु सिंहलगायतका रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ