२०८१ पुस २७, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सा शिक्षा आयोगको रिक्त चार निर्देशकका लागि नाम सिफारिस

चिकित्सा शिक्षा आयोगको रिक्त चार निर्देशकका लागि नाम सिफारिस


काठमाडौं—चिकित्सा शिक्षा आयोगको रिक्त चार निर्देशक पदका लागि नाम सिफारिस भएको छ । शनिबार अन्तर्वार्ता र प्रस्तुतीपछि सिफारिस समितिले अल्पसूचीमा रहेकामध्येबाट प्रा.डा. गुरु खनाल, प्रा.डा. सुदीप आचार्य, प्रा.डा. सुजनबाबु मरहठ्ठा र प्रा.डा.सरला श्रेष्ठको नाम सिफारिस गरेको हो ।

निर्देशकमा सिफारिस भएका डा. खनाल विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व रेक्टर हुन् । डा. सुजनबावु मनमोहन मेमोरियल अस्पतालका चिकित्सक हुन् भने सरला नर्सिङतर्फकी प्राध्यापक हुन् ।

आयोगको निर्देशक छनोट गर्न ३० असोजमा मंसिरमा राष्ट्रिय योजना आयोगका वरिष्ठ सदस्य रामकुमार फुयालको संयोजकत्वमा तीन सदस्सीय समितिले बनेको थियो । जसमा प्रा.डा. रमेशकान्त अधिकारी र प्रा.डा. बुद्धिबहादुर थापा सदस्य रहेका थिए ।

१६ मंसिरमा १२ जना आवेदकको अल्पसूची प्रकाशित गरेको निर्देशक सिफारिस समितिले अदालतमा मुद्धा परेका कारण झण्डै ८ महिनापछि निर्देशकको नाम सिफारिस गरेको हो । सिफारिस प्रक्रिया लम्बिएपछि डा. अधिकारीले यसअघि नै राजीनामा दिएका थिए ।

चिकित्सा शिक्षाका लागि शक्तिशाली मानिएको आयोगमा ४ वटा निर्देशनालय छन् । जसमा मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज छन् । ४ मंसिरदेखि यी निर्देशनालयमा निर्देशकको पद खाली छ ।

सिफारिस भएका ४ जनालाई प्रधानमन्त्रीले निर्देशक नियुक्त गर्नेछन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ