काठमाडौं—खाली रहेको आयुर्वेद विभागको महानिर्देशकमा डा. प्रदीप केसीलाई जिम्मेवारी दिइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले खाली रहेको विभागको महानिर्देशकमा उनलाई नियुक्ति गरेका हुन्।
उनी सिंहदरबार आयुर्वेद औषधालयमा थिए । तत्कालीन महानिर्देशक डा. वासुदेव उपाध्याय लुम्बिनी प्रदेश सचिवमा नियुक्त भएपछि खाली रहेको थियो ।
बुधबार मन्त्रीस्तरिय निर्णय गरी उनलाई जिम्मेवारी दिएको हो ।
त्यसैगरी, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा डा. यदुचन्द्र घिमिरे, डा. कृष्णप्रसाद पौडेल भरतपुर अस्पताको मेसु, कोशी अस्पतालको मेसुमा डा. रविनराज सिंहलाई जिम्मेवारी दिइएको छ।
कोशी अस्पतालको मेसु डा. चन्द्रभाल झालाई नारायणी अस्पताल सरुवा गरिएको छ भने भरतपुरका मेसु डा. श्रीराम तिवारीलाई पोखरा काज फिर्ता गरिएको छ ।