२०८१ चैत्र ६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सा शिक्षा आयोगको निर्देशक सिफारिस समितिबाट प्रा.डा. रमेशकान्त अधिकारीले राजीनामा

चिकित्सा शिक्षा आयोगको निर्देशक सिफारिस समितिबाट प्रा.डा. रमेशकान्त अधिकारीले राजीनामा


काठमाडौं—चिकित्सा शिक्षा आयोगको निर्देशक सिफारिस समितिका सदस्य प्रा.डा. रमेशकान्त अधिकारीले राजीनामा दिएका छन् । बिहीबार उनले समितिको संयोजक डा. रामकुमार फुयाललाई पत्र पठाउँदैं राजीनामा दिएका हुन् ।

निर्देशक छनोट सिफारिस विरुद्ध अदालतमा मुद्धा परेको र प्रक्रिया नै ढिलाइ भएपछि आफूले राजीनामा दिएको डा. अधिकारीले हेल्थआवाजलाई जानकारी दिए । ‘निर्देशक छनोट सिफारिस विवादमा प¥यो,’ उनले भने, ‘ढिला पनि भएपछि मैले बिहीबार निर्देशक छनोट सिफारिस समितिबाट राजीनामा दिएको छु ।’

डा. अधिकारीले राजीनामा स्वीकृत र अस्वीकृत भएको विषयमा भने आफूले जानकारी पाइनसकेको बताए ।

सरकारले काम सुरु गरेको मितिले १५ दिनसम्म काम सक्ने गरी समिति बनाएको हो । तर, समिति बनेको १३ औं दिनमा अदालतमा मुद्धा परेपछि सिफारिस समितिको म्याद सकिएको थियो । तर, अदालतमा मुद्धा परेका कारण उक्त समितिको वैधानिकतामाथि अन्योल थपिएको थियो ।

सरकारले समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाल रहेका छन् भने समितिमा प्रा.डा. अधिकारी र प्रा.डा. बुद्धिबहादुर थापा रहेका छन् ।

समितिको वैधानिकतामाथि नै प्रश्न उठिरहेका बेला डा. अधिकारीले राजीनामा दिएका हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ