२०८१ पुस २७, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविश्व स्वास्थ्य संगठनको ७७ औं महासभामा नेपालका ७ एजेण्डा

विश्व स्वास्थ्य संगठनको ७७ औं महासभामा नेपालका ७ एजेण्डा


काठमाडौं–विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को ७७ औं महासभामा नेपालले ७ वटा विषयलाई प्राथमिकता दिएर एजेण्डा प्रस्तुत गर्ने भएको छ । विगतमा आमा सुरक्षा, बाल स्वास्थ्य, नसर्ने रोगका विषय प्रथमिकतामा रहँदैं आएका थिए ।

यसपटक प्रमुख मुद्दाका रुपमा प्रतिजैविक औषधीहरुको प्रयोग सम्बन्धी मुद्धा, रक्सीजन्य पदार्थलाई नियन्त्रण, वातावरण स्वास्थ्य समस्या प्राथमिकतामा परेको छ ।

मन्त्रालयका समन्वय महाशाखा प्रमुख डा. चुमनलाल दासले अघिल्ला वर्षहरुका विषयवस्तुहरुसँगै थप नयाँ विषयहरु नेपालका एजेण्डा भएको बताए ।

‘प्रतिजैविक औषधीको प्रयोग, मदिराजन्य पदार्थको नियन्त्रण, वातावरण स्वास्थ्य समस्या, खोपलगायतका विषय यस पटक हाम्रा एजेण्डा हुनेछन्,’ उनले भने, ‘विगतमा नेपालले उठाउँदैं आएका आमा सुरक्षा, बाल स्वास्थ्य, कीटजन्य रोग, कुष्टरोगजस्ता विषय पनि निरन्तरतामा छन् ।’

यस पटक खोपमा नेपालले गरेको उपलब्धी र आगामी दिनमा यसलाई अझै व्यवस्थित, नियमित गर्न र दक्षिण पूर्वी देशहरुको समन्वयको विषयलाई गम्भीर एजेण्डाको रुपमा लिएको छ ।

विश्व स्वास्थ्य संगठनको ७७ औं महासभामा भाग लिन यस पटक स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवको नेतृत्वमा ४ सदस्य टोली शनिबार बिहान जेनेभा जाँदैंछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ