२०८१ पुस २७, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारफोर्ब्स ‘३० अन्डर ३० एसिया’को सूचीमा स्वास्थ्य क्षेत्रसँग जोडिएका दुई नेपाली युवती

फोर्ब्स ‘३० अन्डर ३० एसिया’को सूचीमा स्वास्थ्य क्षेत्रसँग जोडिएका दुई नेपाली युवती


काठमाडौं—प्रतिष्ठित फोर्ब्स म्याग्जिनले हरेक वर्ष सार्वजनिक गर्ने एसियाका प्रभावशाली युवाको ‘फोर्ब्स ३० अन्डर ३० एसिया’को सूचीमा दुई जना उद्यमी नेपाली युवतीहरु परेका छन् । सोसल इम्प्याक्ट विद्यामा ह्याप्पी माइन्ड्सकी संस्थापक २८ वर्षीया श्रेया गिरी र आर्ट (आर्ट एण्ड स्टाइल, फुण्ड एण्ड ड्रिक्स) विद्यामा भेगन डेरी नेपालकी संस्थापक २८ वर्षीया काजोल सेठिया परेका हुन् ।

दुवै जना समाजमा फरक उद्यम गरिरहेका युवा उद्यमी हुन् । अझ रोचक त के भने एउटा दुवै जना स्वास्थ्यसँग सम्बन्धित उद्यमी हुन् । श्रेयाले मानसिक स्वास्थ्यका क्षेत्रमा काम गरिरहेकी छन् भने काजल स्वस्थ खाना उत्पादनमा काम गरिरहेकी छन् ।

श्रेया नेपाली डिजिटल मेन्टल हेल्थ प्लाटफर्म ह्याप्पी माइन्डस्की संस्थापक हुन् । लण्डनबाट पढाइ सकेपछि नेपाल फर्केर उनले मानसिक रोग विरुद्धको अभियानमा सक्रिय भइन् । ह्याप्पी माइन्ड्सले व्यक्तिगत रुपमा अनलाइनमार्फत फेस टु फेस काउन्सिल र सामूहिक वर्कसपहरु पनि संचालन गर्दै आएको छ ।

ह्याप्पी माइन्ड्ससँगको सहकार्यमा युनिलिभर नेपाल, लिपफ्रग र द ब्रिटिस कलेजजस्ता संस्थाहरुले आफ्ना कर्मचारीहरुलाई निःशुल्क मनोवैज्ञानिक परामर्श प्रदान गर्दै आएका छन् । सन् २०२२ को सार्क स्टार्टअप एवार्डमा ह्याप्पी माइन्ड्स नेपालबाट उत्कृष्ट न्यूकमर घोषित भयो भने गिरी नेपालको प्रतिनिधित्व गर्दै बैंककमा भएको युथ कोःल्याब सटिमा पनि सहभागी भइन् ।

काठमाडौंकै काजल सेठिया फाउण्डर भेगन डेरी नेपालकी संस्थापक हुन् । काजलको साकाहारी जर्नी त्यतिबेला सुरु भयो जब उनी सिंगापुरबाट इन्जिनियरिङ पढेर फर्किइन् । नेपाल फर्किएपछि सन् २०१८ मा उनले भेगन डेरी नेपाल सुरु गरिन् । जसले साहाकारी प्रडक्ट जस्तैः दुध, चिज, दही, बटर र हेल्थ सप्लीमेन्टहरु उत्पादन गर्छ ।

सन् २०२४ को सुरुवातमा सेठियाले आफ्नो दोस्रो भेन्चर्स मकालु सुरु गरिन् । हिमालयमा डालेचुक (सी बकर्थन बेरी) खेती गरिरहेका किसानसँगको सहकार्यमा त्यो जुसलाई बोतलिङ गर्न सुरु गरिन्, जुन शताब्दी औं देखि परम्परागत औषधिका रुपमा प्रयोग हुँदैं आएको छ । क्रुरतामुक्त लाइफस्टाइलको वकालतका लागि उनले सन् २०१९ मा पेटा एसियाको प्रतिष्ठित अभियन्ता एवार्ड प्राप्त गरेकी थिइन् ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ