२०८१ मंसीर १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारऔषधिमा मुलुकलाई आत्मनिर्भर बनाइने, गेटामा चिकित्सा शिक्षाका कार्यक्रम संचालन गरिने

औषधिमा मुलुकलाई आत्मनिर्भर बनाइने, गेटामा चिकित्सा शिक्षाका कार्यक्रम संचालन गरिने

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यही वर्ष एमबीबीएस पठनपाठन गराइने


काठमाडौं—राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । मंगलबार संघीय संसदमा दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रममा स्वास्थ्यका केही पुराना तथा केही नयाँ कार्यक्रमहरु समेटिएका छन् । नीति तथा कार्यक्रमको सुरुमै आधारभूत अस्पतालको निर्माण, औषधी र खोपलाई प्राथमिकता दिइएको छ । यस्तै, पहिचान भएका गरिबलाई स्थानीय तहमार्फत निःशुल्क बीमा गरिने पनि नीति तथा कार्यक्रममा छ ।

उधोगअन्तर्गत औषधिलगायतका अत्यावश्यक वस्तुमा आत्मनिर्भर हुुने गरी उधोगको क्षमता अभिवृद्धि गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सामाजिक सुरक्षाअन्तर्गत बाल सुधार गृहमा रहेका बालबालिकाको स्वास्थ्य बीमा गरिने र जेष्ठ नागरिकलाई स्थानीय तहमार्फत घरमैं स्वास्थ्य सेवा र उपचार पाउने व्यवस्था गरिने उल्लेख छ ।

शिक्षाअन्तर्गत शहीद दशरथ चन्द चिकित्सा विज्ञान विश्वविद्यालयमा यही वर्ष ३०० शैय्याको अस्पताल र चिकित्सा शिक्षाका कार्यक्रम यसै वर्ष संचालनमा ल्याइने नीति तथा कार्यक्रममा छ । यसैगरी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै वर्षदेखि एमबीबीएस कार्यक्रम संचालन गर्ने र पूर्वाञ्चल विश्वविद्यालयको शिक्षण अस्पताल संचालन गर्ने कुरा पनि सरकारको नीति तथा कार्यक्रममा छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ