२०८१ पुस २७, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा, जसपा नेपाल सरकारबाट बाहिरियो

स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा, जसपा नेपाल सरकारबाट बाहिरियो


काठमाडौं—उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । सोमबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई  आफूले राजीनामा बुझाएको यादवले हेल्थआवाजलाई जानकारी दिए ।

‘मैले प्रधानमन्त्रीलाई राजीनामा बुझाए,’ उनले भने, ‘अहिलेको बदलिएको परिस्थितीअनुसार हामीले सरकार छाड्यौं ।’ यादवसँगै वन तथा वातावरण राज्यमन्त्री दिपक कार्कीले पनि राजीनामा दिएका छन् ।

बालुवाटार स्रोतले उपप्रधानमन्त्री यादवले प्रधानमन्त्री समक्ष राजीनामा बुझाएको पुष्टि गरेको छ । ‘उहाँले प्रधानमन्त्रीलाई नै नै राजीनामा बुझाउनुभएको हो,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘तर, प्रधानमन्त्री चितवनमा हुनुभएकाले अहिले बालुवाटारमा बुझाउनु भएको छ।’

प्रधानमन्त्री दाहाल चिवतनबाट दिउँसो तीन बजे काठमाडौं फर्कने कार्यक्रम छ ।

यादव दुई महिनाअघि नयाँ गठबन्धन सरकार बनेपछि उपप्रधान तथा स्वास्थ्यमन्त्री बनेका थिए । उनी अहिलेको एमाले, माओवादी, रास्वपा, जसपा, नेपालको गठबन्धनमा सुरुदेखि नै रहँदैं आएका थिए ।

यादवका सहयोगी महेश चौरासियाले पनि यादवले प्रधानमन्त्री दाहाललाई लेखेको राजीनामा पत्र सार्वजनिक गरेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ