७७ जिल्लामा विस्तार भएको स्वास्थ्य बीमामा २६.५४ प्रतिशत जनसंख्या आवद्ध

काठमाडौं—मुलुकका ७७ वटै जिल्लामा पुगेको स्वास्थ्य बीमामा २६.५४ प्रतिशत जनसंख्या आवद्ध भएको पाइएको छ । शुक्रबार आठौं स्वास्थ्य बीमा दिवसको पूर्वसन्ध्यामा स्वास्थ्य बीमा बोर्ड गरेको पत्रकार सम्मेलनमा मुलुकको ७७ लाख ४१ ह्जार ४५३ जनसंख्या स्वास्थ्य बीमा आवद्ध भएको जानकारी दिइएको हो ।
उक्त जनसंख्या कुल जनसंख्याको २६.५४ प्रतिशत हुन आउँछ । स्वास्थ्य बीमा बोर्डकाअनुसार कुल बिमित परिवारको संख्या २३ लाख ९२ हजार ७६६ पुगेको छ, जुन ३५.८८ प्रतिशत हो । कुन बिमितमध्ये सेवा लिनेको संख्या ४७.१८ प्रतिशत रहेको छ भने नवीकरण गर्ने बिमितको संख्या ७२.११ प्रतिशत रहेको बीमा बोर्डले जनाएको छ ।
चालु आर्थिक वर्षको १० फागुनसम्म बीमा बोर्डले ६ अर्ब ४४ करोड १६ लाख ९९ हजार ७५५ रुपैयाँ भुक्तानी दिएको छ । हालसम्म स्वास्थ्य बीमा बोर्डमा ३ अर्ब ८४ करोड ८८ लाख ६९ हजार ६९१ रुपैयाँ मौज्दात रहेको बोर्डले जनाएको छ ।
स्वास्थ्य बिमा ७७ जिल्लाका ७ सय ५२ स्थानीय तहमा विस्तार भइसकेको छ । अहिलेसम्म ५ लाख १४ हजार ६१८ जना अति गरिब (परिवारका सदस्यसमेत) र ९ लाख ३० हजार ३९७ जेष्ठ नागरिक स्वास्थ्य बिमामा आवद्ध छन् । यसैगरी, एचआईभी संक्रमित बिमितको संख्या ३६ हजार ८८१ (परिवारसका सदस्यसमेत) र अत अपांग बिमित १ लाख ४१ हजार २२३ (परिवारका सदस्यसमेत) छन् ।
एमडिआर/एक्सडिआर टिवी बिमितको संख्या परिवारका सदस्यसमेत ३ हजार ३३१, कुष्ठरोग पीडित बिमितको संख्या परिवारसमेत ३ हजार ६८५ र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका परिवारका सदस्य समेत बिमित १ लाख ३२ हजार ५६७ जना छन् ।
स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले स्वास्थ्य प्रणालीमा विविध सुधारका प्रयासहरु अगाडि बढाइएको बताए । उनकाअनुसार स्वास्थ्य बिमा आवद्धता अनलाइनबाट गर्ने तयारी अगाडि बढाइएको छ भने स्वास्थ्य बीमा सह—भुक्तानी प्रणाली लागु गरिएको छ । यसबाहेक सुधार अन्य सुधारका कामहरु अगाडि बढाइएको पनि उनले जानकारी दिए ।
धेरै पढिएका
- १ एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए
- २ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ३ स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा
- ४ योग के हो ? यसका प्रकार र फाइदा
- ५ महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश
- ६ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह
- ७ स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित)
तपाईको प्रतिक्रिया दिनुहोस