२०८१ पुस २९, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोशीको कोभिड केन्द्रमा एचडीयु जडानमा भ्रष्टाचार भएको भन्दैं मुद्धा दायर

कोशीको कोभिड केन्द्रमा एचडीयु जडानमा भ्रष्टाचार भएको भन्दैं मुद्धा दायर


काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहतासहित ५ जना विरुद्ध विशेष अदालतमा मुद्धा हालेको छ ।

आइतबार अख्तियारले कोशी अस्पताल कोभिड–१९ केन्द्र, विराटनगरमा हाई डिपेन्डेन्सी युनिट (एचडियु) जडान तथा सचालन गर्न सामाग्री खरिदको क्रममा अनियमितता भएको भन्दै तत्कालीन निर्देशक तथा खरिद समितिका संयोजक मेहतासहित ५ जना विरुद्ध मुद्धा दायर गरेको हो ।

मुद्धा दायर गरेकामा प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र विराटनगरका बायोमेडिकल इन्जिनियर कुशल दाहाल, स्वास्थ्य निर्देशनालय, धनकुटाका लेखा अधिकृत डण्डरसिंह विश्वकर्मा, खोप अधिकृत उदेशकुमार श्रेष्ठ, मेडिकल इक्वीपमेन्ट सप्लायर्स विशाल पण्डित र हस्पिटेक इन्टरप्राइजेजका बजार व्यवस्थापक मनोजकुमार आचार्य रहेका छन् ।

उनीहरु ५ जनालाई नै जनही २ करोड ८९ लाख ६६ हजार ६० रुपैयाँ बिगो तोकी कारवाहीको माग दावी गरिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ