२०८१ मंसीर १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसमाजवादीबाट भानुभक्त जोशी सामान्य प्रशासन, धनबहादुर बुढा सहरी विकास मन्त्री

समाजवादीबाट भानुभक्त जोशी सामान्य प्रशासन, धनबहादुर बुढा सहरी विकास मन्त्री


काठमाडौं—नयाँ गठबन्धन सरकारमा एकीकृत समाजवादीबाट दुई जना मन्त्री हुने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले समाजवादीबाट भानुभक्त जोशीलाई सामान्य प्रशासन र धनबहादुर बुढालाई सहरी विकास मन्त्री नियुक्त गरेका हुन् ।

बुढा डोल्पाबाट निर्वाचित सांसद हुन् भने जोशी बझाङबाट निर्वाचित भएका हुन् । जोशी यसअघि संसदको शिक्षा समितिका सभापति थिए ।

अब दाहाल सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र वन मन्त्रालयले मन्त्री पाउन बाँकी छ । सम्भवतः यो दुई मन्त्रालय जनता समाजवादी पार्टीले लिनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ