२०८१ पुस २८, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदाहाल सरकारका १७ मन्त्रीको जिम्मेवारी बाँडफाँड, स्वास्थ्यले अझै पाएन मन्त्री

दाहाल सरकारका १७ मन्त्रीको जिम्मेवारी बाँडफाँड, स्वास्थ्यले अझै पाएन मन्त्री


काठमाडौं—नयाँ गठबन्धन सरकारमा १७ जना मन्त्रीहरुको मन्त्रालय निश्चित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले १७ जना मन्त्रीहरुको कार्यविभाजन गरेको पत्र राष्ट्रपति कार्यलय शितलनिवास पठाएका छन् ।

बुधबार साँझ ५ बजे १४ जना नयाँ मन्त्रीहरुले सपथ लिनेछन् । यसअघि सोमबार तीन जनाले सपथ लिइसकेका छन् ।

बालुवाटार निकट स्रोतकाअनुसार एमालेले ८ मन्त्रालय पाएको छ । एमालेबाट उपप्रधानसहित भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पदम गिरीले पाएका छन् । यसैगरी, हरि उप्रेतीले रक्षा मन्त्रालय, भगवती चौधरीले महिला, बालबालिका मन्त्रालय, राजेन्द्र राईले खानेपानी मन्त्रालय, दामोदर भण्डारीले उधोग मन्त्रालय, ज्वालाकुमारी साहले कृषि मन्त्रालय, बलराम अधिकारीले भूमी व्यवस्था मन्त्रालय पाएका छन् ।

माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्र, वर्षमान पुन अर्थ, शक्ति बस्नेत उर्जा, रेखा शर्मा संचार र हितबहादुर तामाङ पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् ।

चार मन्त्रालय पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उपप्रधान तथा गृह मन्त्रालय रवि लामिछाने, श्रम मन्त्रालय डिपी अर्याल, शिक्षा मन्त्रालय सुमना श्रेष्ठ र युवा तथा खेलकूद मन्त्रालय विराजभक्त श्रेष्ठले सम्हाल्नेछ ।

सहरी विकास, स्वास्थ्य तथा जनसंख्या, सामान्य प्रशासन, वन मन्त्रालयले बाँडफाँड गरिएको छैन । स्रोतकाअनुसार एमालले दावी गरिरहेको स्वास्थ्य मन्त्रालयमा समाजवादीको पनि दावी भएपछि उसलाई छाडिएको छ । समाजवादीले स्वास्थ्य र सामान्य प्रशासन, जसपाले सहरी विकास र वन मन्त्रालय पाउने सम्भावना छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ