२०८१ पुस २८, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनयाँ सत्ता गठबन्धनका दलहरु आन्तरिक छलफलमा, बुधबार नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

नयाँ सत्ता गठबन्धनका दलहरु आन्तरिक छलफलमा, बुधबार नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी


काठमाडौं—नयाँ बनेको सत्तारुढ गठबन्धनका दलहरु आन्तरिक छलफलमा जुटेका छन् । दलहरुले आन्तरिक छलफल सकेलगतै गठबन्धन दलहरुको बैठक बसेर बुधबार नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी प्रधानमन्त्री पुष्पकमल दाहालको छ ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)को बैठक पार्टी कार्यलय बालकुमारीमा चलिरहेको छ । बैठकले मन्त्रिपरिषद्मा पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुको नाम टुंग्याउने बताइएको छ । जसबाट यादव उपप्रधानसहित परराष्ट्र मन्त्री बन्ने सम्भावना रहेको स्रोतको दावी छ । अन्य मन्त्रीको नाम टुंग्याउन उसको बैठक चलिरहेको छ ।

यस्तै, मंगलबार प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादी पार्टीलाई पनि सरकारमा सहभागी हुन आग्रह गरेका छन् । पार्टीका अध्यक्ष माधवकुमार नेपाल निवास कोटेश्वरमा भएको झण्डै दुई घण्टा लामो छलफलपछि नेपालले बुधबार विहान पार्टीको बैठक बसेर निर्णय लिने बताएका छन् ।

एकीकृत समाजवादीको बैठक पूर्व प्रधानमन्त्री दाहालले समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई समेत भेटेका छन् । खनाल गठबन्धनमा सहभागी हुने विषयमा पहिलेदेखि नै सकारात्मक छन् । अहिले ११ बजे समाजवादीको बैठक बस्दैंछ । त्यसभन्दा अघि मंगलबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र बुधबार विहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि नेपाललाई भेटेका छन् ।

सत्तारुढ घटकहरुबीच गृहमन्त्रालय कसले लिने भन्ने विवाद चलिरहेका बेला नेपाली कांग्रेसले एमाले—माओवादी केन्द्रइतर गठबन्धनको पहल गरिरहेको छ । मंगलबार नेपाली कांग्रेसले रास्वपाका अध्यक्ष रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको विवरणहरु पनि सार्वजनिक भएका छन् ।

केही संचारमाध्यमहरुले नेपाली कांग्रेसले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका लागि अफर गरेको समाचार पनि प्रकाशित गरेका छन् ।

यहीबीच प्रधानमन्त्री दाहालमाथि नयाँ गठबन्धनका दलहरुबीच विवाद टुंग्याएर चाँडो मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने अप्ठ्यारो छ । जसका कारण बुधबार नै मन्त्रीपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ । यसो भएमा आजै स्वास्थ्यसहितका मन्त्रालयले नयाँ मन्त्री पाउनेछन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ