२०८१ पुस १४, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसडकमै सवारी चालकको स्वास्थ्य परीक्षण

सडकमै सवारी चालकको स्वास्थ्य परीक्षण


वीरेन्द्रनगर—सल्यान जिल्लामा सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना दिन सडकमै चालक तथा सह—चालकको स्वास्थ्य परीक्षण अभियान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानले यात्रुसँग दुई मिनेट अभियानअन्तर्गत राप्ती राजमार्ग र छिन्चु जाजरकोट सडक खण्डमा गुड्ने सवारी साधनका चालक तथा सह—चालकहरूको स्वास्थ्य परीक्षण गरेको हो ।

सडकमा निःशुल्क गरिएको स्वास्थ्य शिविरमा सुगर, ब्लड प्रेसर र आँखा चेकजाँच गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

स्वास्थ्य परीक्षण गर्दा अधिकांश चालकहरूमा सुगर र प्रेसर धेरै भएको पाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले बताए । ‘सवारी दुर्घटना रोक्न विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छौं,’ उनले भने, ‘चालकको स्वास्थ्यका कारण पनि दुर्घटना हुने गरेको पाइएकाले यात्रुसँग दुई मिनेट कार्यक्रमअन्तर्गत चालकको स्वास्थ्य परीक्षणका साथै यात्रुहरूलाई सचेतनामूलक सन्देश प्रवाह गर्ने कार्य भइरहेको छ ।’

तीन ठाउँमा गरिएको कार्यक्रममा अधिकांश चालकहरूमा सुगरको मात्रा धेरै, उच्च रक्तचाप भएको पाइएको कार्कीले बताए । दुर्घटनाको जोखिम भएकाहरुचालकहरूलाई केही समय रेष्ट गरेर मात्र पठाउने गरेको उनले जानकारी दिए ।

दुर्घटना न्यूनीकरणका उपायमध्ये चालकको स्वास्थ्य परीक्षण पनि एक भएका कारण स्वास्थ्य परीक्षण सुरु गरेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीको बताए । ‘चालकको सामान्य त्रुटिबाट पनि ठुलो जनधनको क्षति हुन सक्छ,’ उनले भने, ‘हरेक दिनजसो हुने दुर्घटना न्यूनीकरण गरी जनधनको क्षति कम गर्न अभियान सञ्चालन गरिएको छ ।’


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ