२०८१ पुस २८, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविपीका निलम्बित उपकुलपति डा. ज्ञानेन्द्र गिरीले विशेष अदालतबाट पाए सफाइ

विपीका निलम्बित उपकुलपति डा. ज्ञानेन्द्र गिरीले विशेष अदालतबाट पाए सफाइ

उपकुलपति रुपमा काममा फर्कदैं


काठमाडौं—विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निलम्बित उपकुलपति डा. ज्ञानेन्द्र गिरीले प्रोफेसर पदको दुरुपयोग गरेको सम्बन्धि मुद्धामा सफाइ पाएका छन् । बुधबार विशेष अदालतका न्यायाधीसद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले सफाइ दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ माघ २०७९ मा डा. गिरी विरुद्ध नपाएको ओहोदा पाए भनी भ्रष्टाचार गरेको आरोपसहित विशेष अदालतमा मुद्धा दायर गरेको थियो । तर, विशेष अदालतले उक्त मुद्धामाथि सुनुवाई गर्दै डा. गिरी र मतियार बनाइएका विराट मेडिकल कलेजका अध्यक्ष प्रा.डा. ज्ञानेन्द्रमान सिंह कार्कीलाई सफाइ दिएको हो ।

विशेष अदालतले डा. गिरी नियुक्ति खान उनले नपाएको ओहोदाको कागजपत्र प्रयोग नगरेको, उक्त प्रोफेसर पदका आधारमा भ्रष्टाचारलगायतका अन्य काम नभएको भन्दैं उनलाई सफाइ दिएको हो । ‘हामीले सम्मानित विशेष अदालतबाट सफाइ पाएका छौं,’ डा. कार्कीले हेल्थआवाजसँग भने ।

विशेष अदालतबाट सफाइ पाएसँगै विपीका निलम्बित उपकुलपति डा. गिरी काममा फर्किने तयारीमा जुटेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ