२०८१ पुस २८, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१५ शैय्याको गोकर्णेश्वर नगर अस्पतालको स्वास्थ्यमन्त्रीले गरे शिलान्यास

१५ शैय्याको गोकर्णेश्वर नगर अस्पतालको स्वास्थ्यमन्त्रीले गरे शिलान्यास


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले गोकर्णेश्वर नगरपालिका—४ मा स्थापना हुने गोकर्णेश्वर नगर अस्पताल शहीद मुकेश कायस्थ इन्जुरी सेन्टरको शिलान्यास गरेका छ्न। बिहिबार शिलान्यास भएको उक्त नगर अस्पताल १५ शैय्याको हो।

अस्पताल निर्माणका लागि सरकारले साढे २२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री बस्नेतले शिलान्यास भएको अस्पतालसम्ममै सम्पन्न हुनुपर्ने बताए ।

मन्त्री बस्नेतले निर्माण व्यवसायीसमेत रहेका संविधानसभा सदस्य जनार्दन ढकालले समयमै अस्पतालको निर्माण सम्पन्न गर्ने विश्वास व्यक्त गरे । आफू पदमा भए पनि नभएपनि शिक्षा र स्वास्थ्य सधैं लागि रहेको दाबी गर्दै मन्त्री बस्नेतले राम्रा काम गर्ने स्थानीय सरकारलाई सरकारले पूर्ण सहयोग गर्ने आश्वासन दिए ।

संविधानले हरेक जनताको स्वास्थ्य उपचारको ग्यारेन्टी गरेकोले पैसा नभएको कारणले कुनै पनि नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिने दावी मन्त्री बस्नेतको छ। गोकर्णेश्वर नगरपालिकाले सबै नागरिकको स्वास्थ्य बिमा गर्ने अभियान चलाएकोमा मन्त्री बस्नेतले नगरपालिकाका मेयर दीपक रिसाललाई धन्यवाद दिए । चिकित्सा शिक्षा ऐन चाडैं परिमार्जन हुने र धेरैले स्वदेशमै चिकित्सा पढ्न पाउने अवसर बस्नेतको दाबी छ।

कार्यक्रममा प्रतिनिधिसभा अर्थ समिति सभापति सन्तोष चालिसेले अस्पताल शिलान्यास भएकोमा खुशी व्यक्त गर्दै समयमै निर्माण सम्पन्न हुनुपर्नेमा जोड दिए।

राष्ट्रियसभा सदस्य विष्णुदेवी पुडासैनीले नगरपालिकाले स्वास्थ्यमा उदाहरणीय काम गरेको बताए ।

नेकपा एमालेका पूर्व सभासद् कृष्ण रायले अस्पताल समय सम्पन्न हुनुपर्ने बताए ।

बागमती प्रदेशका सांसदहरु बिमल ठकुरी र छिरिङ दोर्जे लामाले निजी क्षेत्रको स्वास्थ्य सेवा महंगो भएकाले सरकारी सेवा प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

नगर प्रमुख दीपक रिसालले नगरपालिकाले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ