२०८१ पुस २८, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य अनुसन्धान परिषदका नवनियुक्त सदस्य सचिव डा. जोशीद्वारा पदबहाली

स्वास्थ्य अनुसन्धान परिषदका नवनियुक्त सदस्य सचिव डा. जोशीद्वारा पदबहाली


काठमाडौं—नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी)का नवनियुक्त सदस्य सचिव डा. प्रमोद जोशीले पदबहाली गरेका छन् । बुधबार उनले रामशाहपथस्थित परिषद् कार्यालयमा पदबहाली गरेका हुन् ।

डा. जोशीले सात वटै प्रदेशमा स्वास्थ्य अनुसन्धान सम्बन्धी तालिम, गोष्ठीहरु तथा हालसम्म सम्पन्न भएका अनुसन्धानबाट प्राप्त नतिजाहरुको प्रवोधिकरण यही आर्थिक वर्षभित्र सुरुवात गर्ने पहिलो निर्णय गरेको परिषद्का प्रशासकीय विज्ञ युवराज खरेलले जानकारी दिए ।

पदबहालीपछि आयोजित स्वागत कार्यक्रममा सदस्य सचिव डा. जोशीले परिषद्लाई नयाँ उचाइमा पु¥याउने बताए । आगामी दिनमा वार्षिक योजनाअनुसार परिषद्लाई अगाडि बढाउने उनको भनाइ थियो ।

परिषद्का निमित्त प्रशासकिय प्रमुख तथा वरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले नवनियुक्त सदस्य सचिव डा. जोशीलाई परिषद् परिवारमा स्वागत गर्दै कार्यकालको सफलताको कामना व्यक्त गरे। उनले परिषद्ले स्वास्थ्य अनुसन्धानका विषयलाई समेटेर अगाडि बढ्ने बताए ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलबिक्रम कार्कीले स्वास्थ्य अनुसन्धानका नीति तथा मापदण्ड बनाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष तथा परिषद्का पूर्व अध्यक्ष प्रा.डा. अन्जनीकुमार झा, नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्ष सुबोध शर्मा, परिषद्का कार्यकारी समिति सदस्य डा. लक्ष्मीराज पाठक, चिकित्सक संघका महासचिव डा. संजीव तिवारीलगायत उपस्थित थिए ।

६ फागुनमा बसेको मन्त्रिपरिषदको बैठकले डा. जोशीलाई परिषदको सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठ हाडजोर्नी विशेषज्ञ रहेका उनी त्यसअघि गेटा अस्पतालको प्रमुख थिए । उनले राष्ट्रिय ट्रमा सेन्टरको निमित्त निर्देशकको जिम्मेवारी सम्हालेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ