२०८१ मंसीर १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचार११ चिकित्सक ११ औं तहमा बढुवाका लागि सिफारिस

११ चिकित्सक ११ औं तहमा बढुवाका लागि सिफारिस


काठमाडौं—स्वास्थ्य सेवातर्फका ११ कन्सल्ट्यान्ट चिकित्सकहरुको ११ औ तह (प्रमुख कन्सल्ट्यान्ट चिकित्सक)मा बढुवा गर्न सिफारिस गरेको छ । लोक सेवा आयोगले २५ असोजमा निकालेको सूचना अनुसार बढुवा समितिको सचिवालयले ११ जना चिकित्सकको नाम सिफारिस गरेको हो ।

१ फागुनमा बसेको बैठकले ग्यास्ट्रो सर्जनमा डा. जैनेन्द्रकुमार चौधरी, न्युरो सर्जनमा डा. निलमकुमार खड्का, अर्थोपेडिक सर्जन डा. ओमप्रसाद अर्याललाई ११ औं तहमा बढुवाका लागि सिफारिस गरिएको छ ।

त्यसैगरी, रेडियोलोजीतर्फ डा. विश्वनाथ शर्मा, इएनटीतर्फ डा. दिपेन्द्र गौतम र डा. शैलेन्द्र विक पोखरेल, एनेस्थेसियोलोजिष्टतर्फ डा. शुभाष रेग्मी, अब्स गाइनोतर्फ डा. रामनरेश पण्डित र डा. विनोद सिंह रहेका छन् ।

प्रमुख अस्पताल नर्सिङ प्रशासकतर्फ सरिता कार्की र मन्जु यादवको नाम ११ औ तहमा बढुवाका लागि सिफारिस भएको छ । बढुवा समितिले डेन्टिष्ट्री सूमह तफको दावी भने नियमावलीअनुसार नभएको भन्दै खारेज गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ