शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा लगातार दुई कलेजो प्रत्यारोपण

काठमाडौं—भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा लगातार दुई कलेजो प्रत्यारोपण गरिएको छ । २७ र २८ पुसमा लगातार दुई वटा सफल कलेजो प्रत्यारोपण गरिएको केन्द्रले जनाएको छ ।
यससँगै हालसम्म केन्द्रले १८ जनाको कलेजो र १ हजार १ सय ८१ जनाको मिर्गौला प्रत्यारोपण गरिसकेको केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।
उनकाअनुसार केन्द्रले २०८० मा मात्रै १० जनाको कलेजो र १ सय ३८ जनाको मिर्गौला प्रत्यारोपण गरिसकेको छ ।
जटिल शल्यक्रिया मानिने कलेजो प्रत्यारोपण संसारकै सबैभन्दा सस्तोमा गुणस्तरीय सेवा केन्द्रले दिने गरेको उनको भनाइ छ । केन्द्रमा जीवित अंगदाताबाट र मस्तिष्क मृत्यु पश्चात हुने अंगदानबाट समेत प्रत्यारोपण हुने गरेको डा. श्रेष्ठले जानकारी दिए ।
धेरै पढिएका
- १ रौतहटको गजेन्द्रनारायण स्मृति अस्पतालमा फार्मेसी अध्ययनरत १८ वर्षीया छात्रा मृत फेला
- २ ‘मस्कुलर डिष्ट्रोफी’को उपचार तथा रोकथाममा सुझाव दिन प्रा.डा. अग्रवालको नेतृत्वमा समिति
- ३ गंगालाल बालबालिकाको मुटु उपचारमा अपुग रकम व्यवस्थापनबारे अध्ययन गर्न उपसमिति बनाउने
- ४ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ५ ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पूर्ण सफल भयौँ’
- ६ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदीय समितिबाट पारित
- ७ गेटा अस्पतालमा सञ्चालनमा रहेका सेवाहरु सुदृढीकरण गरिनेछ : डा. यादव
तपाईको प्रतिक्रिया दिनुहोस