२०८१ पुस २८, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारक्यान्टिनमा गुणस्तरहीन खाना दिएको भन्दैं नेपाल मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित

क्यान्टिनमा गुणस्तरहीन खाना दिएको भन्दैं नेपाल मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित


काठमाडौं—अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत विद्यार्थीहरु क्यान्टिनले गुणस्तरहीन खाना दिएको भन्दैं आन्दोलित भएका छन् । आइतबार कलेजको क्यान्टिनले अस्वस्थकर खाना खुवाएको र गुणस्तरीय खाना सुनिश्चित गरिनुपर्ने भन्दैं झण्डै २ सय बढी विद्यार्थीहरु आन्दोलित बनेका हुन् ।

विद्यार्थीहरुले कलेजको ओपीडी अगाडि बसेर ‘कलेजको दादागिरी बन्द चल्दैन्’, ‘मेसमा कार्ड सिष्टम लागु गर’लगायतका नाराहरु लेखिएका प्ले कार्डहरु प्रदर्शन गरिरहेका छन् ।

कलेज प्रशासनले कलेजभित्रको क्यान्टिनको गुणस्तर सुधारमा ध्यान नदिएको र आफूहरुलाई बाहिर गएर खान समेत नदिएर दादागिरी गरेको आरोप विद्यार्थीहरुले लगाएका छन् । ‘पहिलादेखि नै कलेजको क्यान्टिनमा नराम्रो खाना दिइरहेको थियो । गुणस्तरीय खाना भएन भनेर पटक—पटक निवेदन पनि दियौं । कहिले झिंगा परेका, कहिले चिसो खाना दिने, दालमा पिठो मिसाइदिने, बासी तरकारी, मेनुमा भएका कुराहरु पनि नदिने समस्या छ,’ एक विद्यार्थीले भने, ‘क्यान्टिनमा कार्ड सिष्टम नलगाएर यही खानुपर्ने बाध्यात्मक अवस्था सिर्जना गरेर कलेजले दादागिरी गरिरहेको छ ।’

‘क्यान्टिनमा बासी खाना दिने, तरकारी गन्हाउनेलगायतका समस्याहरु छन्,’ प्रदर्शनमा संलग्न अर्का एक विद्यार्थीले भने, ‘यस विषयमा कलेज प्रशासनलाई जानकारी गराउँदा पनि कुनै सुनुवाई नभएपछि हामीहरु आन्दोलनमा उत्रिन बाध्य भएका हौं ।’

एमबीबीएस अध्ययनरत विद्यार्थीहरुले कलेजका अध्यक्ष, प्रबन्ध निर्देशक र प्रिन्सिपललाई यस विषयमा दशैं अघिदेखि नै जानकारी गराएका थिए । तर, कलेजका प्रशासनले यस विषयमा ध्यान नदिएपछि उनीहरुले आइतबारबाट आन्दोलन गर्न बाध्य भएको बताएका छन् ।

विद्यार्थीहरुले वर्षमा क्यान्टिन शुल्कका रुपमा एक वर्षको डेढ लाख रुपैयाँ सुरुमै बुझाउँदैं आएका छन् । उनीहरुले भर्ना हुँदा नै क्यान्टिनको शुल्क बुझाइसकेकाले अब यो वर्षको बाँकी ६ महिना क्यान्टिनमै राम्रो खाना दिने ग्यारेण्टी गर्नुपर्ने र त्यसपछि क्यान्टिनमा कार्ड सिष्टम लागु गर्न माग गरेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ