काठमाडौं—स्वास्थ्य सेवा विभागले १ सय ८४ जना स्वास्थ्यकर्मीको स्तरवृद्धि भएर अधिकृत बनेका छन् । सोमबार विभागले सार्वजनिक गरेको स्तरवृद्धि विवरणअनुसार १ सय ८४ जना स्वास्थ्यकर्मी सहायक पाँचौबाट अधिकृत छैटौंमा स्तरवृद्धि भएका हुन् ।
स्तरवृद्धि हुनेहरुमा सबैभन्दा बढी हेल्थ असिस्टेन्ट (एचए) रहेका छन् । त्यसबाहेक केही रेडियोग्राफर, ल्याब टेक्नीसियन, एनेस्थेटिक सहायक, परिवार नियोजन सुपरभाइजर, भेक्टर कन्ट्रोल सुपरभाइजर, फार्मेसी सुपरभाइरजर, सिअहेब र बरिष्ठ ल्याब असिस्टेन्ट पनि अधिकृतमा बढुवा भएका छन् ।
विभागकाअनुसार वि.सं. २०८० साल असारमा आवेदन दिएकाहरुबाट नेपाल स्वास्थ्य सेवा ऐन,२०५३ ले तोकेको आधार र प्रक्रिया पूरा गरेका कर्मचारीहरुको बढुवा भएको हो ।
अधिकृतमा बढुवा भएकाहरुको सूची