२०८१ पुस २९, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारहर्मोनल औषधि जायन्ट नेपाल रेमेडिजका २८ वर्षीय सिईओ अविरल

हर्मोनल औषधि जायन्ट नेपाल रेमेडिजका २८ वर्षीय सिईओ अविरल


स्वदेशी बजारमा हर्मोनल औषधीमा उत्पादनमा एक्लो र जायन्ट कम्पनी हो—नेपाल रेमेडिज प्रा.लि. । गत साउनबाट नेक्स्ट होल्डिङले रुपन्देहीमा फ्याक्टी रहेको नेपाल रेमेडिजको बहुमत सेयरसहित व्यवस्थापन सम्हालेको छ । त्यसपछि यसको नेतृत्व प्रमुख कार्यकारी अधिकृत (सिईओ)का रुपमा अविरल नेपालको काँधमा आइपुगेको छ ।

५० भन्दा बढी उत्पादनहरु रहेको नेपाली रेमेडिजका २२ देखि २५ वटा प्रडक्ट हर्मोनल छन् । कम्पनीका डाइलोकेयर, फेम्प, प्रोजीमेड, एडिल—२, नोरेथ, च्वाइस, ¥यापजोल, रेमिप्राजोललगायतका उत्पादनहरु बजारमा लोकप्रिय छन् । यही कम्पनीको नेतृत्व गरिरहेका छन्, २८ वर्षीय युवा अविरल । अविरलको युवा जोश कम्पनीलाई एक डेढ वर्षभित्रै नयाँ उचाइमा लैजाने छ । त्यही कारण उनी त्यसका लागि योजना, लगानी र जनशक्तिको क्षेत्रमा काम गरिरहेका छन् ।

‘एकदेखि डेढ वर्षभित्र हामीसँग १ सय ५० प्रडक्टहरु बजारमा हुनेछन्,’ उनी भन्छन्, ‘हर्मोनमा केही प्रडक्ट थप्छौं । जनरल प्रडक्टहरु बढाउँछौं ।’ सन् २०२० मा सुरु भएको अल्फा प्लस भेन्चर्सअन्तर्गतको नेक्स्ट होल्डिङको फर्माबाहेक हाइड्रो पावर, डिस्टीलरी, रेम वर्क (को—वर्किङ स्पेश कम्पनी), प्राइभेट इक्वीटीलगायतमा लगानी छ । नेक्स्ट भेन्चर्सको म्यानेजमेन्ट रहेर नेतृत्व गरिरहेका सबैजना ३५ वर्षभन्दा कम उमेर समूहका युवाहरु छन् । तीनै युवाहरुको समूहका एक सदस्यका रुपमा अविरल फर्मा कम्पनीको कार्यकारी तहमा पुगेका हुन् ।

अविरल जति फाइनान्स रुचाउँछन्, त्यति नै उनलाई मनपर्ने क्षेत्र फर्मा पनि हो । त्यही कारण आफू फर्मा कम्पनीको नेतृत्व गर्न आइपुगेको उनी बताउँछन् । ‘नेपाल रेमेडिज मलाई पनि रुचि भएको कम्पनी हो । किनभने, फर्मास्युटिकल्स मेरो पहिलेदेखि नै रुचि भएको क्षेत्र पनि थियो,’ उनी थप्छन्, ‘प्रडक्टसनको क्षेत्र भएकाले इम्पोर्टमा यसको एकदमै धेरै सम्भावनाहरु छन् ।’

वि.सं. २०५१ साल चैतमा काठमाडौंको पिङ्गलास्थान जन्मिएका हुन्, अविरल । बुवा रमेशप्रसाद नेपाल र आमा बसन्ती नेपालका दुई सन्तानमध्ये उनी जेठा हुन् । उनका बुवा रमेश जीवन विज्ञानमा आवद्ध छन् । अविरलको प्रारम्भिक शिक्षा पिङ्गलास्थानको सत्य साई स्कुलमा भएको हो । वि.सं. २०६७ सालमा उनले त्यही स्कुलबाट विशिष्ट श्रेणीमा एसएलसी उत्तीर्ण गरे । भनिन्छ, ‘हुने विरुवाको चिल्लो पात’ अविरलको सानैदेखि फाइनान्सप्रति असाध्यै अनुराग थियो ।

‘मेरो बच्चादेखि नै इन्टेष्ट फाइनान्समै भयो,’ उनले भने । महालक्ष्मीथानको लुम्बिनी इन्टरनेशनल कलेजमा उनले व्यवस्थापनमा ए लेभल अध्ययन सुरु गरे । वि.सं. २०६९ मा उनले त्यहीबाट ए लेभल उत्तीर्ण गरे ।

लगतै उनले एपेक्स कलेजमा बीबीए—बीआई ज्वाइन गरे । सन् २०१७ मा बीबीए—बीआईको अध्ययन सकेपछि उनले केही समय नेपालमै काम गरे । त्यसपछि उनी सन् २०१९ मा थप उच्च शिक्षाका लागि अमेरिका गए । अमेरिकाको द ओहियो युनिभर्सिटी फिसर कलेज अफ बिजनेशबाट सन् २०२० मा उनले फाइनान्समा माष्टर्स सके । अमेरिकामा माष्टर्स सकेपछि उनले संसारकै सबैभन्दा ठूलो इन्भेष्टमेन्ट कम्पनी जेवी मोर्गन एसेट म्यानेजमेन्टमा केही समय अनुभव संगाल्ने अवसर पाए । अमेरिकाकै फाइनान्सका टप फाइभ कलेजमा पर्ने भएकाले उनको कलेजमै जबका अफरहरु बोकेर एकसे एक कम्पनीहरु आइपुगिरहेका हुन्थे ।

तर, सन् २०२१ मा अन्त्यतिर उनी नेपाल फर्किए । अवसरको खानी मानिने अमेरिकाबाट उनी के कारणले नेपाल फर्किए । भन्छन्, ‘सबैको आ—आफ्नै ओरेन्टेसन हुँदोरहेछ । म अमेरिका जाने बेला नै आउँछु नै भनेर गएको मान्छे हो । तर, मलाई यही फर्केर केही गर्नु थियो ।’ उनी पारिवारिक कारणले पनि आफू अमेरिकामा बस्न नसकेको बताउँछन् ।

‘नेपालमा आफ्नै वरपर पनि थुप्रै अवसरहरु छन्,’ उनी थप्छन्, ‘यहाँ पनि सजिलै गर्न सक्ने देखेकाले नै फर्किएको हुँ ।’ विषय पनि फाइनान्स र रुचि पनि क्यापिटलमा भएकाले अमेरिकाबाट फर्केर आएपछि उनी प्रभु क्यापिटलमा आवद्ध भए । सिनियर रिसर्च एनालाइसिष्टका रुपमा त्यहाँ प्रवेश गरेका उनले रिसर्च डिपार्टमेन्ट हेड र स्कीन म्यानेजरका रुपमा काम गरे ।

प्रभु क्यापिटलमा अविरलले म्युचअल फण्डसमेत हेरे । झण्डै साढे दुई वर्ष काम गरेपछि उनले प्रभु क्यापिटल छोडे । प्राइभेट इक्वीटीमा रुचि भएकाले उनी अल्फा प्लस भेन्चर्स लिमिटेडमा हेड अफ इन्भेष्टका रुपमा आए । ‘मैले प्रभुमा लगभग डेढ सय करोडको फण्ड म्यानेजमेन्ट गरेको हुँ,’ उनले भने, ‘अहिले म अल्फा प्लस भेन्चर्समा छु । यहाँ हामी २ सय करोडको फण्ड क्लोज गर्ने चरणमा छौं ।’ अल्फा भेन्चर्सले नयाँ—नयाँ लगानी क्षेत्रहरुमा लगानी गर्दै गइरहेको छ । अविरल अल्फा, नेक्स्टसँगै अहिले नयाँ लगानी गरेको फर्मा कम्पनी नेपाल रेमेडिजलाई अगाडि बढाइरहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ