२०८१ पुस २९, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा प्रा.डा. जैनुद्धिन अन्सारी

नेपाल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा प्रा.डा. जैनुद्धिन अन्सारी


काठमाडौं—नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको प्रबन्ध निर्देशकमा प्रा.डा. जैनुद्धिन अन्सारी नियुक्त भएका छन् । शुक्रबार कलेजको बोर्ड अफ डाइरेक्टरहरुको सामूहिक निर्णयअनुसार प्रबन्ध निर्देशकमा प्रा.डा. अन्सारीलाई नियुक्त गरिएको हो ।

वीरगञ्जको नेशनल मेडिकल कलेजका अध्यक्षसमेत रहेका डा.अन्सारी नेपाल मेडिकल कलेजका समेत सञ्चालक सदस्य हुन् ।

नवनियुक्त प्रबन्ध निर्देशक डा. अन्सारीलाई कलेजका अध्यक्ष डा. भोला रिजाल, बोर्ड अफ डाइरेक्टरहरू डा. आनन्दप्रसाद श्रेष्ठ, डा. साविहा यासमिन, सहजबाज अन्सारी, प्रिन्सिपल प्रा.डा. प्रमोदकुमार क्षेत्री, भाइस–प्रिन्सिपल डा. सृष्टि श्रेष्ठ, अस्पताल निर्देशकद्वय डा. राजेशकिशोर श्रेष्ठ, प्रा.डा. मोदनाथ मरहट्ठा, प्रमुख प्रशासकीय अधिकृत ज्योति खड्कालगायतले स्वागत गरे ।

नवनियुक्त प्रबन्ध निर्देशक प्रा.डा. अन्सारीले पदभार ग्रहण गर्दै नेपाल मेडिकल कलेजलाई नयाँ उचाइमा लैजाने बताउँदै त्यसका लागि सबैले आ–आफ्नो पदीय दायित्वअनुसार कर्तव्य पूरा गर्नुपर्ने बताए । कलेजमा रहेका समस्या र चुनौतिहरुलाई सामूहिक एकताबाट हल गर्दै स्वास्थ्य सेवा र मेडिकल शिक्षाको विकास, विस्तारमा आफू २४ सै घण्टा लागी पर्ने बताउँदै कलेजको स्तरवृद्धिमा सबैले सकारात्मक पहल र भूमिका खेल्न आग्रह गरे ।

‘जो जहाँ हुनुहुन्छ उहाँहरुले आ–आफ्नो भूमिका सकारात्मक रुपमा निर्वाह गरौं । मेरो कार्यालयको ढोका सबैको लागि खुल्ला छ । नेपाल मेडिकल कलेजलाई नयाँ उचाईमा पुर्याउन यहाँहरुको महत्वपूर्ण भूमिका रहनेछ । तपाईहरुको सहयोग भयो भने यो कलेज राम्ररी अगाडी बढ्दै जानेछ ।’ डा। अन्सारीले भने । नेपालको मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रको विकास, विस्तारमा नेपाल मेडिकल कलेजको महत्वपूर्ण योगदान रहेको जनाउँदै अन्सारीले शिक्षक, कर्मचारी, विभागीय प्रमुख र विद्यार्थीहरुसँग निरन्तर छलफल, अन्तरक्रिया गरेर सामुहिकतामा आफु अगाडी बढ्ने जनाए ।

ब्यवस्थापन र कर्मचारीहरुको सामुहिक कार्यगत एकताका कारण नै नीजि क्षेत्रका संस्थाहरु सफल भएको बताउँदै उनले कलेजका कर्मचारी र फ्याकल्टीहरुसँग ब्यवस्थापन पक्ष सदैव सहकार्य गर्न तत्पर रहेको बताए ।

कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष डा. भोला रिजालले कुशल शल्य चिकित्सकसमेत रहेका अन्सारी वीरगञ्जमा सफल रुपमा मेडिकल कलेज सञ्चालन गरेको अनुभव भएकोले त्यो अनुभवले नेपाल मेडिकल कलेजको विकासमा योगदान पुग्नेमा विश्वास गरे ।

यस्तै, कलेज सञ्चालक समितिका सञ्चालक डा. आनन्द प्रसाद श्रेष्ठले प्रशासनिक रुपमा लामो अनुभव संगालेका डा. अन्सारीले कलेजलाई नयाँ उचाइमा पु¥याउन सक्ने बताउँदै कलेजको अनुहार उज्यालो बनाउने वित्तिकै कलेजमा कार्यरत सबै कर्मचारी, फ्याकल्टीहरुको अनुहार उज्यालो हुने बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ