काठमाडौं—ललितपुरको बालकुमारी प्रदर्शनमा घाइते अर्का एक जनाको पनि मृत्यु भएको छ । शुक्रबार बालकुमारी भएको प्रदर्शनमा घाइते भएपछि पाटन अस्पतालमा उपचार भइरहेका वीरेन्द्र शाहको पनि मृत्यु भएको हो ।
नेपाल प्रहरीका प्रवक्ताले कुबेर कडायत शाहको पनि मृत्यु भएको पुष्टि गरे ।
यसअघि अचेत अवस्थामा किष्ट अस्पताल लगिएका दैलेखका सुजन राउतको मृत्यु भएको थियो । उनको छातीमा निलो दाग देखिएको चिकित्सकहरुले बताएका छन् । तर, उनको मृत्युको कारण भने पुष्टि भइसकेको छैन ।
शुक्रबार विहान दक्षिण कोरियाका लागि रोजगार प्रणाली (इपीएस) परीक्षाको फारम भर्न नपाएपछि तीब्र प्रदर्शन भएको थियो । सोही क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको थियो ।
प्रदर्शनकारीहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीको प्रदर्शनकारीहरूले हावा खुस्काएका थिए । लगतै, उनीहरुले उक्त गाडीमा आगजनी गरेका थिए ।