काठमाडौं महानगरपालिकामा तीन वटा वडाबाट स्वास्थ्य विमा सुरु हुँदैं

काठमाडौं–स्वास्थ्य विमा वोर्डले महानगरापालिकाका वासिन्दाहरुलाई पनि स्वास्थ्य विमामा आवद्ध गर्ने भएको छ । काठमाडौं महानगर र स्वास्थ्य विमा वोर्डबीच प्रारम्भिक चरणको सहमति भएर काम सुरु भएको वोर्डको योजना शाखाका विकेश मल्लले जानकारी दिए ।
‘महानगर र वोर्डबीच प्रारम्भिक सहमति भएर काम अगाडि बढेको छ,’ उनले हेल्थआवाजसँग भने, ‘त्यसका लागि महानगरले २९ वटा वडामा दर्ता सहयोगी पनि राखिसकेको छ ।’
महानगरले काठमाडौंका तीन वटा वडाबाट पहिलो चरणमा स्वास्थ्य विमा कार्यक्रम सुरु गर्ने तयारी रहेको छ । पहिलो चरणमा वडा नम्बर ८, २९ र ३० रहेका छन् । वडा नम्बर ८ मा रामघाट प्राथमिक केन्द्र, २९ र ३० मा सहरी स्वास्थ्य क्लिनिकलाई प्रथम विन्दु तोक्ने काम भएको छ । ‘तीन वटा वडाबाट सुरु गर्ने तयारी भएको छ,’ मल्लले भने, ‘८ नम्बरमा सबै तयारी भएको छ । २९ र ३० मा महानगरले मेडिकल अधिकृत राख्ने तयारी भएको हुँदा केही दिन समय लागेको हो ।’
स्वास्थ्य विमा वोर्ड र काठमाडौं महानगरबीचको प्रारम्भिक सहमतिमा यो महिनाभित्र सुरु गरिसक्ने उल्लेख छ । काठमाडौं महानगरमा विमा सुरु भएसँगै विमा लागु भएका पालिकाको संख्या ७ सय ५१ पुग्नेछन् । यसअघि ललितपुर महानगरले स्वास्थ्य विमा सुरु गरिसकेको छ । अब स्वास्थ्य विमामा आवद्ध हुन बुढानिलकण्ठ र नागार्जुन नगरपालिका बाँकी रहनेछन् ।
ती पालिकाहरुमा पनि तयारी भइरहेको बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले जानकारी दिए । ‘काठमाडौंमा सुरु भएपछि दुई वटा पालिकामा बाँकी रहन्छ,’ उनले भने ‘ती पालिकामा पनि तायरी भइरहेको छ । प्रथम विन्दु तयार हुना साथ सम्झौता हुन्छ ।’
धेरै पढिएका
- १ एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए
- २ गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ?
- ३ ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पूर्ण सफल भयौँ’
- ४ रिजर्भ एन्टिवायाेटिक अस्पताल फार्मेसीबाट मात्र विक्री गर्ने सूचनामा असहमति छ- नेपाल फार्मेसी संघ
- ५ स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा
- ६ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ७ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न, उपकुलपति डा. क्षेत्रीको कार्यकालमा के–के भए उपलब्धि ?
तपाईको प्रतिक्रिया दिनुहोस