२०८१ माघ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य विमाको हालको रकमको दायरा बढाइने प्रधानमन्त्रीको घोषणा

स्वास्थ्य विमाको हालको रकमको दायरा बढाइने प्रधानमन्त्रीको घोषणा


काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य विमाको दायरा विस्तार गर्ने घोषणा गरेका छन् । मंगलबार साँझ सरकार एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले उक्त कुरा बताएका हुन् ।

‘२०७४ सालमा म प्रधानमन्त्री हुँदा राष्ट्रिय स्वास्थ्य बिमा ऐन ल्याइएको हो । तर, बिमा कार्यक्रम त्यसको भावना र व्यवस्थाअनुसार अघि बढेन्,’ उनले भने, ‘अब यसलाई सुधार्दै मेरै कार्यकालमा बनेको ऐन बमोजिम नागरिकको स्वास्थ्यमा पहुँचको संवैधानिक हकको ग्यारेन्टी गर्ने काम उच्च प्राथमिकतामा हुनेछ।’

स्वास्थ्य बिमा ऐन बमोजिम विमाको प्रभावकारी कार्यान्वयनका लागि नीतिगत र प्रक्रियागत सुधार, बोर्डको क्षमता अभिवृद्धि, बलियो अनुगमन र मूल्यांकन संयन्त्र, विमाको दायरामा वृद्धि र सबैको आबद्धता, उपचारका लागि अस्पताललगायतका संरचना र सेवाको गुणस्तरमा व्यापक सुधार र जनशक्ति व्यवस्थापनका लागि सरकार तदारूकताका साथ लागिरहेको जानकारी दिंदै उनले बिमाको हालको रकमको दायरा बढाइने बताए ।

आधारभूतबाहेक हाल सञ्चालित सबै निःशुल्क कार्यक्रमहरूलाई समेत एकीकृत रूपमा स्वास्थ्य विमामा आवद्ध गरिने प्रतिबद्धता प्रधानमन्त्रीको थियो ।

दाहालले स्वास्थ्य विमालाई केन्द्रमा राखेर एकीकृत स्वास्थ्य पूर्वाधार विकास मापदण्डअनुसार स्वास्थ्य प्रणालीको विकासमा जोड दिइने बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ