गृहपृष्ठ ∕ समाचार ∕ सेती अस्पताल बिरामी मृत्यु प्रकरण : क्षतिपूर्ति दिने सहमतिपछि आन्दोलन फिर्ता सेती अस्पताल बिरामी मृत्यु प्रकरण : क्षतिपूर्ति दिने सहमतिपछि आन्दोलन फिर्ता हेल्थ आवाज बिहीबार, २०७६ कात्तिक २१ गते, १४:०८ मा प्रकाशित धनगढी-सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका गौरीगंगा नगरपालिका ६ का ४० वर्षीय गगनसिंह कुँवरको परिवारलाई क्षतिपूर्तिका लागि पहल गर्ने सहमतिपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको छ। उपचारका क्रममा बिहीबार बिहान ज्यान गुमाएका कुँवरका परिवारलाई क्षतिपूर्तिका लागि सामाजिक विकास मन्त्रालयलाई सिफारिस गर्ने सहमतिपछि आफन्तहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले बताए। उनले कुँवरको मृत्यु प्रकरणको छानविनका लागि समिति गठन गर्ने, उनका परिवारका सदस्यको निःशुल्क उपचारको व्यवस्था मिलाउने समझदारी पनि छलफलमा भएको जानकारी दिए। कुँवरको उपचारका क्रममा मृत्यु भएपछि विहानैदेखि मृतकका आफन्तले प्रदर्शन गरेका थिए। अहिले शव परिक्षण गर्ने तयारी भैरहेकाले त्यसपछि मात्रै आफन्तको जिम्मा लगाइने अस्पताल प्रमुख पाण्डेले बताए। प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रतिनिधीको रहोवरमा अस्पताल प्रशासन र मृतकका आफन्तबीच छलफल भएको थियो। आफन्तले डाक्टरको लापरवाहीले कुँवरको मृत्यु भएको भन्दै डाक्टरलाई कारवाही र लाइसेन्स खारेजीको माग गर्दै प्रर्दशन गरेका थिए। क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार… छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष… ६ र ७ बैशाखमा २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइदैं धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ३ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ४ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ७ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद Kalpana Craft ट्रेण्डिङ आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी जीबीएस सिन्ड्रोम भएका दिपेश उपचारमा आर्थिक अभाव झेल्दैं २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी जीबीएस सिन्ड्रोम भएका दिपेश उपचारमा आर्थिक अभाव झेल्दैं २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम