नवौं नेपाल फर्मा एक्स्पो २५ देखि २७ फागुनसम्म चितवनमा हुने

काठमाडौं—नेपाल औषधी उत्पादन संघ (एप्पोन)को नवौं नेपाल फर्माको एक्स्पो-२०२४, २५ देखि २७ फागुनसम्म हुने भएको छ । तीन दिनसम्म चल्ने उक्त एस्क्पो चितवन एक्स्पो सेन्टर भरतपुरमा हुने संयोजक प्रभात रुंगटाले जानकारी दिए ।
‘नेपालमा औषधी उद्योगको दिगोपना र वृद्धिका लागि अगुवाई’ नारा दिइएको एक्स्पोमा धेरै किसिमका औषधी उत्पादन प्रयोगमा ल्याइएका नयाँ प्रविधीलाई देखाइनेछ । १ सय ५० भन्दा बडी स्टल रहने एक्स्पोमा अधिकांश नेपाल, भारत, सिंगापुर र बंगलादेशका प्रदर्शनको बाहुल्यता हुनेछ ।
हरेक वर्ष आयोजना हुने यो एक्स्पो नेपाल औषधी उत्पादक संघको मुख्य इभेन्ट हो । एक्स्पोलाई नेपालका औषधी उद्योगलाई अगाडि बढाउनका लागि महत्वपूर्ण अवसरका रुपमा लिने गरिन्छ । ‘एक्स्पो ज्ञान आदान—प्रदान सहकार्यसँगै यस क्षेत्रको वृद्धि र विकासका लागि नवीनतम प्रयोगको रुपमा रहनेछ,’ संयोजक रुगटाले प्रेस विज्ञप्तीमा भनेका छन् ।
संघकाअनुसार सरोकारवाला, व्यवसायिकता, औषधी उत्पादन, निर्माण तथा प्रशोधन, औषधीमा प्रयोग हुने सामाग्री, प्याकेजिङ, मेसिनरी ल्याब, एनालिटिकल ओईएम, आउटसोर्सिङ र करारमा निर्माण, रेफ्रीजेरेसन, क्लिनरुम, इन्जिनियरिङ, एयर फिल्टर, क्लिन एयर कन्डिसनिङ, औषधी उद्योगका लजिस्टिक तथा अन्य सामाग्रीको एकै स्थलमा प्रदर्शनी हुने भएकाले यसले नेपालको औषधी उद्योगको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुग्ने आयोजकले विश्वास लिएको छ ।
एक्स्पो ३० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा आयोजकले गरेको छ ।
धेरै पढिएका
- १ एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए
- २ गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ?
- ३ ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पूर्ण सफल भयौँ’
- ४ रिजर्भ एन्टिवायाेटिक अस्पताल फार्मेसीबाट मात्र विक्री गर्ने सूचनामा असहमति छ- नेपाल फार्मेसी संघ
- ५ स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा
- ६ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ७ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न, उपकुलपति डा. क्षेत्रीको कार्यकालमा के–के भए उपलब्धि ?
तपाईको प्रतिक्रिया दिनुहोस