२०८१ पुस २९, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवीरको निर्देशकबाट डा. सन्तोषलाई हटाउने स्वास्थ्यमन्त्रीको निर्णयलाई झटका, सर्वोच्चले दियो अन्तरिम आदेश

वीरको निर्देशकबाट डा. सन्तोषलाई हटाउने स्वास्थ्यमन्त्रीको निर्णयलाई झटका, सर्वोच्चले दियो अन्तरिम आदेश


काठमाडौं—वीर अस्पतालको निर्देशकबाट डा. सन्तोष पौडेललाई हटाउने स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको निर्णयमा झट्का लागेको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीसद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले डा. पौडेललाई हटाउने मन्त्रालयको निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

५ फागुन २०७९ मा दुई वर्षका लागि वीरको निर्देशक नियुक्त भएका डा. पौडेललाई स्वास्थ्यमन्त्री बस्नेतले वीरको निर्देशकबाट १४ मंसिरमा हटाएका थिए । त्यसपछि १८ मंसिरमा उक्त निर्णय रद्ध माग गर्दै डा. पौडेल सर्वोच्च अदालत गएका थिए ।

२८ मंसिरमा पौडेलको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले सरकारका नाममा कारण देखाउ आदेश दिएको थियो । उसले अन्तरिम आदेशका विषयमा छलफलका लागि दुवै पक्षलाई झिकाएको थियो ।

सर्वोच्चले मंंगलबार डा. पौडेललाई पदबाट नहटाउन आदेश दिएसँगै उनलाई वीरको निर्देशकमा फर्किने बाटो खुला भएको छ ।

वीरको निर्देशकबाट हटाएर सुरुमा डा. पौडेललाई स्वास्थ्य मन्त्रालयमा तानिएको थियो । त्यसपछि राजनीतिक प्रतिशोधका आधारमा उनलाई दरबन्दी वीरमा भएपनि कान्तिमा लखेटिएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ