२०८१ पुस २९, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकान्तिपुर डेन्टल कलेज १७ औं वर्षमा

कान्तिपुर डेन्टल कलेज १७ औं वर्षमा


काठमाडौं—दन्त उपचार र चिकित्सा शिक्षाको क्षेत्रको अग्रणी संस्था कान्तिपुर डेन्टल कलेज एण्ड टिचिङ्ग हस्पिटलले १७ औं वर्षमा प्रवेश गरेको छ । १६ डिसेम्बर २००७ बाट सुरु भएको कान्तिपुर डेन्टल कलेज काठमाडौं विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त र चिकित्सा शिक्षा आयोगको स्वीकृतीमा संचालित रहेको छ ।

स्थापनाकालदेखि कान्तिपुर शिक्षण अस्पतालले दश लाखभन्दा बढी दन्त स्वास्थ्य बिरामीहरुमा सेवा पु¥याउनुको साथै ब्याचलर इन डेन्टल सर्जरीततर्फ ४ सय ६६ जना र मास्टर इन डेन्टल सर्जरीतर्फ २८ विशेषज्ञहरु उत्पादन गरिसकेको संस्थापक अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी, प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषदको सम्वन्धनमा वि.सं. २०६९ सालदेखि संचालित सर्टिफिकेट इन डेन्टल साइन्सतर्फ ६ सय ७५ जना र डिप्लोमा इन फार्मेसीतर्फ २ सय ५९ जना प्राविधिकहरु उत्पादन गरिसकेको छ ।

कलेजले आफ्नो शैक्षिक कार्यक्रमतर्फ यसै शैक्षिक वर्षदेखि काठमाडौं विश्वविद्यालयको सम्बन्धनमा चार वर्षे बी.एस्सी इन ल्यावोरेटरी मेडिसिन (बीएस्सी–ल्याब.मेड.) पनि सुरु गरेको छ ।

कलेजले वि.सं. २०७० साल असोजदेखि १ सय शैय्याको जनरल हस्पिटलसमेत सुरु गरेको छ । बढ्दै गइरहेको सडक दुर्घटना, लडेर हुने दुर्घटना, खेलकुद दुर्घटना, घरेलु हिंसा तथा खुँडेपनको अत्याधुनिक उपचारको केन्द्रको रुपमा यस अस्पतालमा नेपालमै पहिलो ओरल एण्ड म्याक्सिलो फेसियल ट्रमा सेन्टरको सुरुवात तथा आधुनिक प्रसाधनको रुपमा लिइने डेन्टल इम्प्लान्टबाट स्वस्थ प्राकृतिक दाँत जस्तै दाँत रोप्ने प्रविधिको केन्द्रको रुपमा डेन्टल इम्प्लान्ट सेन्टरको सेवा संचालनमा रहेकोे छ ।

कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले हालै मात्र आँखा उपचारमा पनि पाइला चालेको छ । कलेजको प्रांणगणमा यसैवर्षदेखि बी एम फाउण्डेशन र ताइवानको ताइवान ब्लाइन्डनेस फाउण्डेशनको सहकार्यमा केडिसी आई सेन्टर पनि सुरु गरेको छ ।

जनताको मुख स्वास्थ्यमा सुधार ल्याउनको लािग यस कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले मुलुकका ६५ भन्दा वढी जिल्लाहरुमा पुगी मुख तथा दन्त स्वास्थ्य सम्वन्धी जानकारी डा. श्रेष्ठले दिए । उनकाअनुसार कलेजले देशका विभिन्न ठाउँहरुमा पुगेर निःशुल्क मुख तथा दन्त स्वास्थ्य शिविर, विद्यालय दन्त स्वास्थ्य शिक्षा कार्यक्रम, महिला स्वास्थ्य स्वयंंसेविका, शिक्षक, सांसद, मातृ शिशु कार्यकर्ता तथा हेल्थपोष्ट प्रमुखहरुलाई मुख तथा दन्त स्वास्थ्यअभिमुखिकरण तालिम समेत सञ्चालन गर्दै आएको छ ।

कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टरको आयोजनामा काठमाडौं उपत्यकाका एक वर्षभित्र १ लाख स्कुले बच्चाको दन्त परीक्षण गर्ने ‘गिभ अ स्माइल’ नामक परियोजना पनि संचालन गरिरहेको छ । साथै, सेन्टरले वार्षिकोत्सवका अवसरमा सेवाको १५ वर्ष सेवा अवधि पुगेका १२ जना र १० वर्ष सेवा अवधि पुगेका २५ जना कर्मचारीलाई सम्मान गरिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ