२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभीम रावलको टिप्पणी, ‘डा. केसीको काम देश र जनताको हितमा देखिन्न’

भीम रावलको टिप्पणी, ‘डा. केसीको काम देश र जनताको हितमा देखिन्न’


काठमाडौं—नेकपा एमालेका नेता भीम रावलले डा. गोविन्द केसीको काम देश र जनताको हितमा नरहेको बताएका छन् । आइतबार फेसबुकमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै उनले डा. केसीको सर्वत्र विरोध हुनुपर्ने धारणा राखेका हुन् ।

स्वास्थ्य शिक्षा र संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई बुँदे माग राखेर डा. केसी २९ मंसिरदेखि धनगढीमा अनसनरत छन् । रावलले सुदूरपश्चिम प्रदेशको गेटामा स्थापना हुन लागेको स्वास्थ्य विज्ञान विश्वविद्यालय भाँडन खोज्ने डा. केसीको सर्वत्र विरोध गर्न भनेका छन् ।

डा. केसीले गेटामा तत्काल स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न माग गरेका छन् । उनले सरकारले स्वास्थ्य विज्ञान विश्वविद्यालयका नाममा गेटामा  एमबीबीएसलगायतका चिकित्सा शिक्षाका कार्यक्रम  संचालनमा ढिलाइ गरिरहेको बताएका छन् ।

डा. रावलले देशमा स्वास्थ्यकर्मी उत्पादनमा बाधा हालेर कुन शक्ति र स्वार्थको पक्षपोषण गर्दैछन् भनेर डा. केसीमाथि गम्भीर प्रश्नसमेत उठाएका छन् ।

‘डा. गोविन्द केसीको काम देश र जनताको हितमा देखिन्न।सुदूरपश्चिम प्रदेशको गेटामा स्थापना हुनलागेको स्वास्थ्य विज्ञान विश्वविद्यालय भाँड्न खोज्ने डा. गोविन्दको सर्वत्र विरोध हुनपर्छ,’ रावलले भनेका छन्, ‘देशमा स्वास्थ्यकर्मी उत्पादनमा बाधा हालेर निजले कुन शक्ति र स्वार्थको पृष्ठपोषण गर्दैछन् भन्ने प्रश्न गरौं।’

डा. केसीको तीन दिने अनशनको आज अन्तिम दिन हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ