२०८१ मंसीर १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसर्वोच्चले खड्कालाई फर्कायो प्रदेश स्वास्थ्य सचिवमा

सर्वोच्चले खड्कालाई फर्कायो प्रदेश स्वास्थ्य सचिवमा


काठमाडौं–बागमती प्रदेश सरकारको स्वास्थ्य सचिवबाट हटाउने निर्णय कानुन विपरित भएको भन्दैं सर्वोच्च अदालत गएका प्रदेशका स्वास्थ्य सचिव बद्री खड्कालाई पुनः सचिव पदमा काम गर्न दिन सर्वोच्चले अन्तरिम आदेश दिएको छ ।

प्रदेश सरकारले उनलाई स्वास्थ्य सचिवबाट हटाएर मुख्यमन्त्री कार्यलयमा जगेडामा तानेको थियो । प्रदेश सरकारको सो निर्णय कानुन विपरित भएको भन्दैं खड्का पुनः बहालीको माग गर्दै अदालत गएका थिए ।

सर्वोच्चका न्यायधीश हरिप्रसाद फुयाँलको एकल इजलासले उनले माग गरेअनुसार अन्तरिम आदेश जारी गरेका हुन् । अदालतबाट अन्तरिम आदेश जारी भएसँगै कार्कीलाई पुनः बागमती प्रदेशको स्वाथ्य सचिवमा काम गर्ने बाटो खुलेको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ