तेस्रो पटक पनि बाटोमै सुत्केरी !

काठमाडौं– बाजुरामा एक सुत्केरी महिलाले बाटोमै सन्तानलाई जन्म दिएकी छन् । बुढीनन्दा नगरपालिका ४ कुरु बस्ने ३१ वर्षीया पानसरा रोकायाले तेस्रो सन्तानका रुपमा बाटोमै छोरीको जन्म दिएकी हुन् ।
मङ्गलवार घाँस दाउरा गर्ने क्रममा जङ्गल पुगेकी पानसराले छोरीलाई जन्म दिएको स्वास्थ्य केन्द्रकी प्रमुख धर्मा चदाराले बताएकी छन् । आफू आधारभूत स्वास्थ्य केन्द्र कुरु जाँदै गर्दा बाटोमा पानसराले बच्चा पाइरहेको अवस्थामा देखेपछि उनलाई स्वास्थ्य चौकी लगिएको उनले बताइन् । उनले भनिन्– ‘म आउँदै गर्दा पानरसा बाटोमै एक्लै बच्चा पाउँदै गरेको अवस्थामा थिइन् । अत्याधिक रक्तस्राव भएकोले बाटोबाट उद्धार गरेर स्वास्थ्य चौकी लगिएको हो ।’ उनको यो भन्दा पहिला एक छोरा र एक छोरी रहेका थिए । पानसराले तिनै सन्तान बाटोमै जन्मिएको उनले बताइन् ।
पानसरा मात्र नभई धेरै आमा बाटोमा बच्चा जन्माउने गरेका छन् । बाजुरामा ४ वर्ष यता १२ जना सुत्केरीको मृत्यु भइसकेको छ ।
गर्भवती भएपछि नियमित गर्भ जाँचको कमी र समयमै सुत्केरी गराउन स्वास्थ्य संस्था नपुगाउँदाको परिणाम रहेको बडिमालिका नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेक बहादुर खड्काले बताए ।
बाजुरामा तथ्याङ्क कुनै नभए पनि एक महिना एक देखी दुई जना महिलाले बाटोमै बच्चा जन्माउने गरेको खडकाले बताए ।
धेरै पढिएका
- १ एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए
- २ स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा
- ३ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ४ रिजर्भ एन्टिवायाेटिक अस्पताल फार्मेसीबाट मात्र विक्री गर्ने सूचनामा असहमति छ- नेपाल फार्मेसी संघ
- ५ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन
- ६ कसरी गर्ने छालाको हेरचाह ?
- ७ निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई
तपाईको प्रतिक्रिया दिनुहोस