२०८१ पुस २९, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारजनावरको टोकाइबाट एक वर्षमा करिब डेढ लाख मानिस बिरामी

जनावरको टोकाइबाट एक वर्षमा करिब डेढ लाख मानिस बिरामी


काठमाडौं– नेपालमा जनावरको टोकाइबाट करिब डेढ लाख मानिस बिरामी भएका छन् । आर्थिक वर्ष २०७७/०७८ देखि २०७०/०८० सम्ममा मात्रै १ लाख  २८ हजार ५१२ जना मानिस जनावरको टोकाइबाट बिरामी भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

विभागको ‘स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली’ले निकालेको एक तथ्याङ्कका आधारमा हेर्दा जनावरको टोकाइबाट लुम्बिनी प्रदेशमा  सबैभन्दा बढी ३७ हजार ८६१ जना बिरामी परेका छन् ।

त्यसैगरी मधेश प्रदेशमा २१ हजार ९८२ जना, बागमतीमा १९ हजार १९२ जना, कोशीमा १८ हजार ७४५ जना, सुदूरपश्चिममा १३ हजार ६२८ जना, गण्डकीमा ११ हजार ९४ जना र कर्णालीमा ६ हजार १० जना जनावरको टोकाइबाट घाइते भएका छन् ।

जनावरको टोकाइबाट बिरामी हुनेको सङ्ख्या तीन वर्षमा लगातार बढेको पाइएको छ । स्वास्थ्य विभागका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा ६७ हजार ३१६ जना बिरामी परेका थिए भने २०७८/०७९ मा ९४ हजार ८२९ जना बिरामी परेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ