२०८१ माघ १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारगुल्मीका एक अहेव अख्तियारको फन्दामा

गुल्मीका एक अहेव अख्तियारको फन्दामा

नक्कली प्रमाणपत्र लिएको आरोपमा भ्रष्ट्राचार मुद्दा दायर


काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सुविधा लिएको आरोपमा एक अहेव विरुद्ध मुद्दा दायर गरेको छ । गुल्मीको मालिका गाउँपालिका–५ स्थित छापहिले स्वास्थ्य चौकीमा कार्यरत अहेव देवबहादुर महताराले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सेवा सुरु गरेको आरोपमा बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

महताराले भारतबाट एसएलसीको प्रमाणपत्र पेश गरी छापहिले स्वास्थ्य चौकी, गुल्मीमा नियुक्ति भएर लाभ र सुविधा लिएको पुष्टि भएपछि मुद्दा दायर भएको अख्तियारले जनाएको छ । उनले नेपाल स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह, चौथो तह, अहेव पदको विज्ञापनअन्तर्गतको परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, भक्तपुरबाट जारी भएको एसएलसी तहको झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी लोकसेवा आयोगबाट छनौट भई सो स्वास्थ्य चौकीमा नियुक्त भएका थिए।

महताराविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ