२०८१ माघ १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसरकारले घोषणा गरेका ६ सय ५५ अस्पतालमध्ये जम्मा २५ वटा निर्माण सम्पन्न

सरकारले घोषणा गरेका ६ सय ५५ अस्पतालमध्ये जम्मा २५ वटा निर्माण सम्पन्न


काठमाडौं– गत वर्ष देशभर ६ सय बढी आधारभूत अस्पताल निर्माण गर्ने सरकारको लक्ष्य अधुरो रहेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट भाषणमा सोही वर्ष भित्र ६ सय ५५ आधारभूत अस्पताल बनाउने घोषणा गरिएको थियो । सरकारले घोषणा गरेदेखि हालसम्म जम्मा २५ अस्पताल निर्माण भएको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको स्वास्थ्य तथा जनसङ्ख्या क्षेत्रको सुधार २०७९/८० पुस्तकमा ५ सय ९२ अस्पताल बनाउनलाई डिपिआर स्वीकृत भएकोमा ४ सय ९९ अस्पताल निर्माणको लागि रकम निकासा भएको थियो । ती मध्ये निर्माण सम्पन्न भएका अस्पतालको सङ्ख्या २५ मात्रै रहेको छ ।

विभागकाअनुसार २५ अस्पताल मध्ये अहिलेसम्म ३ बटा मात्र हस्तान्तरण भएका छन् । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार ती २५ वटा निर्माण सम्पन्न भनिएका पनि चौथो किस्ता निकासा भएका अस्पताल हुन् ।

२०७७ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले एकै पटक ३ सय ९६ आधारभूत अस्पतालको शिलान्यास गरेको थियो । अर्को वर्ष २ सय ५९ अस्पताल बनाउने निर्णय भएको थियो ।

पछिल्लो वर्ष अर्थात् ०७७/०७८ मा निर्णय भएको भनिएका २ सय ५९ अस्पतालमध्ये जम्मा ९८ वटा मात्र निर्माणको चरणमा छन् । ति अस्पताल निर्माण खर्चको स्रोत सुनिश्चितता नभएको भन्दै करिब ४ करोड बढी निकासा भइसकेपछि यस आर्थिक वर्षमा थप निकासा गर्न रोकेको छ । अर्थले थप निकासा रोकेसँगै ती ९८ अस्पतालको निर्माण कार्य अलपत्र परेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ