२०८१ माघ १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभूकम्पका कारण १२ वटा स्वास्थ्य संस्थामा क्षति

भूकम्पका कारण १२ वटा स्वास्थ्य संस्थामा क्षति


काठमाडौं– भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमका १२ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै दुई जिल्लाका १२ वटा स्वास्थ्य संस्थामा सामान्यदेखि पूर्ण क्षति पुगेको जनाएको हो ।

मन्त्रालयका अनुसार स्वास्थ्य संस्थामा क्षति पुगे पनि स्वास्थ्य सेवा प्रवाहमा भने कुनै समस्या देखिएको छैन । उक्त क्षेत्रमा स्वास्थ्य सेवा विभागद्वारा औषधी तथा औषधीजन्य सामग्री प्रभावित जिल्लामा पठाइएको मन्त्रालयले जनाएको छ ।

गत शुक्रवार राती गएको शक्तिशाली भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम रुकुम पूर्व, सल्ल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला र प्युठानका गरी एक सय ५७ जनाको मृत्यु भएको छ, भने अन्य दुई सय ५६ जना घाइते भएका छन् ।

अधिकांश घाइते उपचारपश्चात् घर फर्केका छन्, भने उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत, भेरी अस्पताल नेपालगन्ज र त्रिवि शिक्षण अस्पताल काठमाडौँमा उपचारको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ