काठमाडौं— विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को दक्षिण पूर्वी एसिया (सेरो)को निर्देशकमा बंगलादेशकी साइमा वाजेद निर्वाचित भएकी छन् । बुधबार भारतको राजधानी नयाँदिल्लीमा आयोजित बैठकबाट नयाँ क्षेत्रीय निर्देशकमा वाजेद चयन भएकी हुन् ।
नयाँ क्षेत्रीय निर्देशकका लागि नेपालबाट जनस्वास्थ्यविद् डा. शम्भु आचार्यले उम्मेदवारी दिएका थिए । आचार्यलाई १० मध्ये ८ भोटले पछि पार्दै वाजेद निर्देशकमा चयन भएकी हुन् ।
डब्लुएचओ सेरोमा नेपाल, भारत, भुटान, बङ्गलादेश, श्रीलङ्का, मालदिभ्स, उत्तर कोरिया, इन्डोनेसिया, श्रीलङ्का, थाइल्यान्ड र म्यानमार गरी ११ सदस्य राष्ट्र छन् । यस क्षेत्रका ११ सदस्य देशमध्ये म्यानमार बाहेक १० वटा देशले मतदान गरेका हुन् ।