२०८१ माघ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसेरोको नयाँ क्षेत्रीय निर्देशक चयन हुँदैं, निर्देशक चयन राजनीतिबाट टाढा राख विज्ञको आह्वान

सेरोको नयाँ क्षेत्रीय निर्देशक चयन हुँदैं, निर्देशक चयन राजनीतिबाट टाढा राख विज्ञको आह्वान


काठमाडौं—विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को दक्षिण पूर्वी एसिया देशहरुको नयाँ क्षेत्रीय निर्देशक चयन हुँदैछ । बुधबार भारतको राजधानी नयाँदिल्लीमा नयाँ क्षेत्रीय निर्देशक चयन हुनेछ ।

नयाँ क्षेत्रीय निर्देशकका लागि नेपालबाट जनस्वास्थ्यविद् डा. शम्भु आचार्य र बंगलादेशकी प्रधानमन्त्री सेख हसिनाकी छोरी साइमा वाजेदले उम्मेदवारी दिएका छन् । यस क्षेत्रका ११ सदस्य देशमध्ये १० वटा देशले मतदान गरी बुधबार क्षेत्रीय निर्देशक चयन गर्नेछन् ।

वाजेदको उमेदवारीले विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशक पदमा परिवारवाद र राजनीति घुसेको भन्दैं जनस्वास्थ्यविद् र कुटनीतिज्ञहरुले आलोचना गरिरहेका छन् ।

मंगलबार मात्र संयुक्त राष्ट्रसंघका पूर्व कुटनीतिज्ञ, भारतका पूर्व स्वास्थ्य सचिव, पूर्व क्षेत्रीय निर्देशकहरुले सदस्य राष्ट्रहरुलाई विश्व स्वास्थ्य संगठनलाई राजनीतिबाट टाढा राख्ने निर्णय गर्न अपिल गरेका छन् ।

उनीहरुले संस्थालाई अनुभवी, प्राविधिक ज्ञानको गहिराई भएको र पूर्वाग्रहविना सबैलाई समान रुपमा सेवा दिन सक्ने तटस्थ क्षेत्रीय निर्देशक चाहिने उल्लेख गरेका छन् ।

‘संकीर्ण राजनीतिक चालबाजीबाट जोगिएर सबै देशका लागि काम गर्न सक्ने, दिपक्षीय वाचा र राजनीतिक स्वार्थभन्दा बाहिर जान सक्ने बलियो डब्लुएचओको बारेमा सोच्न आवश्यक छ,’ अपिलमा भनिएको छ, ‘यस्तो एक उम्मेदवार नियुक्ति सुनिश्चित गर्नुहोस् जसले डब्लुएचओलाई बलियो बनाउन, तथस्टता र राम्रो व्यवस्थापनको जनादेश पूरा गर्न ‘एक डब्लुएओ’ को लागि काम गर्न सक्छ ।’

अपिल गर्नेहरुमा संयुक्त राष्ट्रसंघका पूर्व सहायक महासचिव कुलचन्द्र गौतम, भारतका पूर्व सचिव सुजाचा राव, सेरोका पूर्व निर्देशक डा. स्वरुप सरकारलगायत रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ