मेथिनकोट अस्पतालमा शल्यक्रिया सेवा सुरु

काठमाडौं—काभ्रेको भकुण्डेबेसीस्थित मेथिनकोट अस्पतालमा शल्यक्रिया सुरु भएको छ । सोमबारबाट अस्पतालले शल्यक्रिया सेवा सुरु गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. मधुकर दाहालले जानकारी दिए ।
उनकाअनुसार एक जना बिरामीको हड्डीको शल्यक्रिया गरेर अस्पतालले शल्यक्रिया सेवा प्रारम्भ गरेको हो ।
‘अब अस्पतालमा नियमित रुपमा प्रसुति, जनरल र अर्थोपेडिक सर्जरी सेवा संचालन हुनेछ,’ मेसु डा. दाहालले भने, ‘अस्पतालको क्रमसः सेवा, प्रविधी, उपकरण र जनशक्ति विस्तार गर्दै लगेका छौं ।’
मेथिनकोट अस्पतालमा वि.सं. २०५४ सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भएको हो । वि.सं. २०६६ सालमा यो प्राथमिक स्वास्थ्य केन्द्रबाट अस्पतालमा रुपान्तरण भयो ।
वि.सं. २०७८ सालमा प्रादेशिक अस्पतालका रुपमा रहेको अस्पतालमा हाल ५० शैय्यामा संचालनमा छ ।
धेरै पढिएका
- १ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न
- २ ‘सन्चो’ उत्पादन गर्ने सरकारी कम्पनीमा २८ करोड बढी क्षतिको प्रारम्भिक अनुमान
- ३ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिमितबाट लिइएको ५० लाख रुपैयाँ हिनामिना
- ४ उपचारका लागि कोशी अस्पतालमा आउँछन् दैनिक १५ जनासम्म निःसन्तान दम्पत्ति
- ५ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ६ सर्वोच्चद्वारा डा. संगीताको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
- ७ राकममा ५० शैय्याको स्याटेलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत
तपाईको प्रतिक्रिया दिनुहोस