२०८१ माघ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडब्लुएचओ सेरोको नयाँ नेतृत्व चयनका लागि सोमबारबाट बैठक सुरु हुँदै

डब्लुएचओ सेरोको नयाँ नेतृत्व चयनका लागि सोमबारबाट बैठक सुरु हुँदै


काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) दक्षिण पूर्वी एसिया क्षेत्र (सेरो)को नयाँ नेतृत्व चयनका लागि बैठक सुरु हुने भएको छ । सोमबारबाट भारतको नयाँदिल्लीमा उक्त बैठक आयोजना हुन लागेको हो ।

दक्षिण पूर्वी एसिया क्षेत्रको नेतृत्व गर्नका लागि उम्मेदवारी दिएका दुई उम्मेदवार नेपालका डा शम्भुप्रसाद आचार्य र बङ्गलादेशकी साइमा बाजेदमध्ये एक जना उक्त बैठकबाट छनोट हुनेछन् ।

बैठकमा सहभागी हुन नेपालबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री  मोहनबहादुर बस्नेत, सचिव डा. रोशन पोखरेल लगायत नेपाली टोली  भारतको नयाँदिल्ली प्रस्थान गरेको छ ।

डब्लुएचओ सेरोमा नेपाल, भारत, भुटान, बङ्गलादेश, श्रीलङ्का, मालदिभ्स, उत्तर कोरिया, इन्डोनेसिया, श्रीलङ्का, थाइल्यान्ड र म्यानमार गरी ११ सदस्य राष्ट्र छन्। तर, म्यानमारलाई अहिले भोट गर्ने अधिकार दिइएको छैन।

यसपटक १० देशले मतदान गर्नेछन्। चार दिनसम्म सञ्चालन हुने बैठकले क्षेत्रीय निर्देशकको चयन गर्न निर्वाचन कार्य तालिका केही दिनमै सार्वजनिक गर्नेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ