२०८१ माघ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालका लागि रूवाण्डाको वाणिज्यदूतमा एपोनका निवर्तमान अध्यक्ष पाण्डे नियुक्त

नेपालका लागि रूवाण्डाको वाणिज्यदूतमा एपोनका निवर्तमान अध्यक्ष पाण्डे नियुक्त


काठमाडौं—रूवाण्डा सरकारले नेपालका लागि वाणिज्यदूतमा व्यवसायी प्रज्वलजंग पाण्डेलाई नियुक्त गरेको छ । नेपाल औषधी उत्पादक संघ (एपोन)का निवर्तमान अध्यक्ष पाण्डेलाई रूवाण्डा सरकारले आफ्नो वाणिज्यदूतमा नियुक्त गरेको हो ।

सोमबार नवनियुक्त वाणिज्यदूत पाण्डेलाई परराष्ट्रमन्त्री एनपी साउँदले प्रमाणपत्र दिँदै नेपालका लागि रूवाण्डाको वाणिज्यदूतको आधिकारिकता प्रदान गरेका हुन ।

वाणिज्यदूतमा पाण्डेको नियुक्तिसँगै द्विपक्षीय सहायता तथा सहयोगमा नेपालले काम गर्ने भएको छ । जसमा व्यापार, आयात निर्यात, पर्यटन, संस्कृतिलगायत दर्जनौं क्रियाकलापमा द्विपक्षीय रूपमा विशेष सुविधाको उपयोग गर्न पाइने नवनियुक्त वाणिज्यदूत पाण्डेले जानकारी दिए ।

साथै, आगामी दिनमा रूवाण्डा र नेपालबीच भाइचारा सम्बन्ध विस्तार गर्दै देशमा वैदेशिक लगानी भित्र्याउन सहयोग पुग्ने बताए । ‘रूवाण्डाले भर्खरै मात्र नेपालमा आफ्नो वाणिज्यदूत नियुक्त गरेको छ,’ नवनियुक्त वाणिज्यदूत पाण्डेले भने, ‘यसले दुई देशबीचको सम्बन्ध अझै प्रगाढ बन्नेछ ।’

कार्यक्रममा परराष्ट्र मन्त्री साउँदले पाण्डेको नियुक्तिसँगै नेपाल र रुवान्डाबीच दुई देशीय व्यापार अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास सरकारले लिएको उनले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ