२०८१ माघ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारन्याम्समा ६३ दरबन्दी सिर्जना, तीन जना सिनेट सदस्य थपिए

न्याम्समा ६३ दरबन्दी सिर्जना, तीन जना सिनेट सदस्य थपिए


काठमाडौं—चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को सिनेट बैठकले चिकित्सक, नर्स र प्यारामेडिक्स गरी ६३ वटा थप दरबन्दी सिर्जना गरेको छ ।

आइतबार सहकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा बसेको सिनेट बैठकले तत्काल करारमा कर्मचारी थप्ने गरी ६३ नयाँ स्थायी दरबन्दी सिर्जना गरेको हो ।

त्यसैगरी, तीन जना नयाँ सिनेट सदस्य थपिनुका साथै तीन जनालाई प्राज्ञिक परिषदमा नियुक्त गरेको छ ।

थपिएका नयाँ सिनेट सदस्यमा पूर्व राजदुत प्रा.डा. चोपलाल भुसाल, राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा. बद्री रिजाल र कोशी अस्पतालका चिकित्सक डा. दिपक सिग्देल रहेका छन् ।

त्यसैगरी, प्राज्ञिक परिषद्मा प्रा.डा. अजित रायामाझी, प्रा.डा. दीपेन्द्र श्रेष्ठ र प्रा.डा. सरोज शर्मालाई नियुक्त गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ